तामाको तारबाट सञ्चालित टेलिफोन र इन्टरनेट नेटवर्क विस्थापित
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ बुधबार १:३५:२४
२५ कार्तिक, काठमाडौं । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । गत कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम ‘एफटिटीएच’मार्फत सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
टेलिकमले आज विज्ञप्ती जारी गरी पुरानो नेटवर्कलाई सम्पूर्णरुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको जनाएको हो । हाल सो क्षेत्रमा जम्मा १०२४ लाइन एफटिटीएच नेटवर्क क्षमता छ ।
पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटिटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटिटीएच लाइन प्रयोगकर्ताको सङ्ख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिकाअन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ । यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटिटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ ।
नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी र घना बस्ती भएका क्षेत्रमा एफटिटीएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ । एफटिटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आइपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी केही समयमा यसबाटै आइपी टिभी ९टेलिभिजन सेवा० समेत उपलब्ध हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार