शेयरबजार ऐतिहासिक रेकर्डतर्फ उन्मुख हुँदै, बजारमा अत्याधिक चहलपहल
आर्थिक संवाददाता
मंसिर ३, २०७७ बुधबार २२:१६:५३
३ मंसिर , काठमाडाैं । ट्रेडिङ्ग, उत्पादन तथा प्रशाेधन र बीमा उपसूचकहरुमा आएको उछालसँगै तिहारपछिको पहिलो कारोवार दिन नेप्से परिसूचक २३ दशमलव ३२ अंकले वृद्धि हुँदै १७४१ दशमलव ८१ को विन्दुमा बन्द भएको छ ।
आज १९४ कम्पनीको शेयर कारोवार हुँदा ४ अर्ब ७९ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक १ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । बजारमा आज अन्तिम समयमा उच्च विन्दु बनाउँदै बन्द भएको छ। अन्तिम समयमा आक्रामक रुपमा खरिदकर्ता आउँदा समस्त दोश्रो बजारनै इण्ट्राडे हाईमा बन्द भएको हाे।
आजको दोहोरो अंकको वृद्धिमा वाणिज्य बैंक उपसुचकको हात रहेको थिएन । वाणिज्य बैंक उपसुचकमा गिरावट आउँदा आउँदा पनि दोश्रो बजारमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । शेयर बजारले धेरै वर्ष अघि १८८१ को उच्च विन्दु समातेको थियो ।
अब त्यो विन्दु पुग्न थोरै मात्र परिसुचक बाँकी रहेको अवस्थामा वाणिज्य बैंकमा एक दुई दिनको बुल र्याली आउँदा पनि बजारले ईतिहासकै उच्च विन्दु छुने सम्भावना एकदमै धेरै देखिएको छ । दैनिक कारोवार रकम आकर्षक भएको, लगानीको अन्य क्षेत्र कम हुँदै गएको अवस्थामा दोश्रो बजारप्रति ध्यान अलिक धेरै भएको र प्राथमिक बजारमा आकर्षण वृद्धि भए सँगै छिटै बजारले १८८१ को विन्दु समात्ने सम्भावना अलिक धेरै भएको देखिन्छ।
हाईड्रोपावर उपसुचकमा भने आज सर्वाधिक गिरावट देखिएको छ । आज अरु क्षेत्रमा चहलपहल वृद्धि हुँदा हाईड्रोपावर उपसुचकमा भने चहलपहल एकदमै कम थियो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार