क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा हनुमाननगर विजयी
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ आइतबार २:२७:५३
♦ धीरुभाइ
४ मंसिर, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीका यूवाहरुले सञ्चालन गरेको गजेन्द्र नारायण सिंह स्मृति टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार एक कार्यक्रम बीच राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले उद्घाटन गरे ।
राष्ट्रिय सभा सदस्य सिंहले ब्याटिङ र वडा अध्यक्ष गोपी मण्डलले बलिङ गरी प्रतियोगिताको उद्घाटन गरे । शनिबार सम्पन्न उद्घाटन खेलमा हनुमाननगरले महादेवालाई ५२ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको हनुमाननगरले निर्धारित १५ ओभरको खेलमा ५ विकेट गुमाई १६५ रन बनाएको थियो ।
जसमा अमित मण्डलले ४८, चन्द्रपालले ३४, दिपक भुजेल र साकेत सिंहले समान १८-१८ रन बनाएका थिए, भने महादेवाका हरि मण्डलले २ तथा कामदेव अधिकारी र नरेश अधिकारीले १-१ विकेट लिएका थिए । जवाफमा महादेवा टिम ११ ओभरमा ११३ रनमा अल आउट हुन पुग्यो ।
महादेवाकालागि हरि मण्डलले ३४, नरेश मण्डलले २१ र विरेन्द्र अधिकारीले २० रन बनाएका थिए भने हनुमाननगरकालागि अमोद मण्डलले ३, चन्द्रपाल र साकेत सिंहले २-२ तथा दिपक भुजेल र राजु मण्डलले १-१ विकेट लिएका थिए ।
उक्त खेलमा हनुमाननगरका चन्द्रपाललाई म्यान अफ द म्याच घोषित गरियो । प्रतियोगिताअन्तर्गत आइतबार तिलाठी र कुनौलीबीच खेल हुने आयोजक समितिका नरेश मण्डलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार