रत्नपार्कको नाम परिवर्तन नगर्न कमल थापाको चेतावनी
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार २:१३:४९
७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं। ’Enough is Enough’
त्यस्तै थापाले राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस् । भव्य पार्क बनाईयोस् । हाम्रो पुरा सहयोग रहने छ,तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस् । द्वन्द्व निम्त्याउने काम नहोस् । काठमाडौं मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन् । उहाँको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नायकका ठाउँमा पार्क बनाऔं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार