एक वर्षपछि गलेश्वरको सडक र पुलका ठेकेदार काममा फर्किए
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १५:४४:४
८ मंसिर, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वरस्थित सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् । सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको विषयमा कार्तिक अन्तिम हप्ता राष्ट्रिय समाचार समिति ‘रासस’ मार्फत समाचार प्रकाशन प्रसारण भएको थियो । सहायक ठेकेदारले अधकल्चो बनाएर छोडेको सडक र पुल निर्माणलाई पूर्णता दिन मुख्य ठेकेदारले काम थालेका हुन् ।
गजुरमुखी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले पुल निर्माण र सडक कालोपत्रे गर्न मजदुर परिचालनसँगै उपकरण र निर्माण सामग्री जुटाउन थालेको बताए । “गलेश्वरसहित बेनी–जोमसोम सडकमा अहिले ८० मजदुर ल्याइसकेको र थप ३०० मजदुर ल्याउँदै छौँ”, उनले भने, “आगामी चैत महिनाभित्र पुल र सडक निर्माण गरिसक्छौँ ।”
गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी र सडक निर्माणका लागि गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएका थिए । सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदुर र आपूर्तिकर्तालाई भुक्तानी नगरी सम्पर्कविहीन बनेपछि एक वर्षदेखि काम हुन सकेको थिएन ।
प्रिस्टेड प्रविधिको ४० मिटर लामो र ११ मिटर चौडाइ भएको राहुघाटको मोटरेबल बनाउन रु छ करोड २४ लाख तीन हजार ८२५ मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो । रु चार करोड ८५ लाख दुई हजार ५८ मा एक किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ ।
मोटरेबल पुलको दुईतर्फ पिलर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । दुवै योजनाको भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा छ । पुलको पिलरलाई पूर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र कालोपत्रे गर्ने तयारी गरिएको गजुरमुखीका प्रोजेक्ट म्यानेजर न्यौपानेले बताए ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर आशिष मर्हजनले कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएका कामलाई पुनः गति दिन निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किन थालेका बताए । लक्ष्यअनुसार काम भए चालु आर्थिक वर्षभित्र ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडक कालोपत्रे सम्पन्न हुने इञ्जिनीयर मर्हजनको भनाइ छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अधुरा र अलपत्र आयोजना निर्माणलाई गति दिन सम्बद्ध कार्यालय तथा निर्माण व्यवसायीलाई ताकेता गरिएको बताए । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानमा पनि पहल गरिएको प्रजिअ अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार