प्रधानमन्त्री ज्यू, अब माखे साङ्ग्लोको अन्त्य गर्नुस !
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २२:०:५४
कोरोनाको भ्याक्सिन बनेको खुशीयालीमा विश्व तरंगित छ र आफ्ना जनतालाई कसरी छिटो भन्दा छिटो भ्याक्सिन उपलब्ध गराउने योजना बनाउँदै छन् तर विडम्वना नै हो, जनताको चिन्ता लिनु पर्ने बेला “ठाउँ न कुठाउँ चिलाई दे” भनेर सरकार नाङ्गेझार परेको छ ।
भारतीय उपमहाद्वीपमा आसन्न युद्धको खतरा दिनानुदिन बढ्दै गईरहेको सन्दर्भ नेपालमा चिनियाँ प्रभाव पनि द्रुततर बढिरहेको छ । चीनको विस्तारवाद विश्वको टाउको दुखाई बनिरहेको बेला नेपालमा कथित बामपन्थी सरकार हुनु चीनको लागि सायद प्रयोग गर्न सजिलो औजार सावित हुन् सक्ने आंकलन गरिन थालिएको छ ।
यसका पछि थुप्रै कारण छन, एउटा सुनियोजित गेमप्लान निर्माण भएको छ । ठुलो चाइनिज चलखेल स्पष्टै देखिन्छ । भारतपनिआफ्नो पकड गुमाउन चाहन्न ! किन र कसरी ओली विदेशी गोटी बन्न बाध्य भए र गराइए ? नेपाली उखान नै छ, पोइला जान रहर नगर्नेलाई कुटुनीले पनि फकाउन सक्दिन रे ! सुरु गरौँ , प्रम ओलीको सत्ता संघर्ष र राजनीतिक उठापटक को, देशका बच्चा बच्चालाई थाहा छ ।
केपी ओलीको राजनीतिक जीवनको सुरुवात र वर्तमान अवस्था !
यसलाई मुख्यतया ३ भागमा विभाजन गर्ने हो भने: (क)प्रारम्भिक अवस्था, (ख) संघर्षरत अवस्था र (ग) शक्ति सम्पन्न अवस्था
क. भारतको पश्चिम बंगालमा चलेको नक्शलाइट आन्दोलनको प्रभावमा झापामा आफुसँग रिसइवी भएका वा धनी सम्पन्नहरुको हत्या अर्थात् व्यक्ति-हत्याबाट राजनीतिको सुरुवात भएको देखिन्छ । व्यक्तिहत्याको अभियोगमा जेलपरेका ओलीलाई कथित कम्युनिस्ट पार्टीको सदस्य स्वीकारेर ज्यु ज्यान सम्वन्धि फौजदारी मुद्धालाई राजनीतिक मुद्धामा परिवर्तन गरियो ।
मातृत्व प्रेमबाट वन्चित ७ र ८ कक्षा पढेको १८ र १९ वर्षको उरेन्ठेउलाे किशोर अवस्थामा के नै राजनीतिक चेतना थियो होला र ? तैपनि तत्कालिन निरङ्कुश पंचायती व्यवस्था विरुद्ध जनता भड्काउने तथा युवाहरुलाई पार्टीमा सामेल गराउने अस्त्रको रुपमा प्रयोग गर्यो पार्टीले । एउटा के मलाई सधैं आश्चर्यमा पर्छ भने बामपन्थी मेकानिज्म गजबको हुन्छ ।
हरेक घटना वा दुर्घटनालाई पार्टीले आफ्नो फाइदाको लागि उपयोग गर्न कत्ति पनि ढिला गर्दैनन् । यसैमा वास्तवमा पार्टी टिकेको पनि छ । यो घटनाको करिब २ वर्षकै हाराहारीमा जिल्ला कमिटी सदस्य अनि झापा मुभमेन्ट अर्गनाईजको प्रमुख भए र तात्कालिन कानुनको वर्खिलाप हुने विभिन्न क्रियाकलाप गरेवापत जेल पर्छन ।
ख. १४ वर्षको जेलजीवन विताएर निस्केपछि पार्टीले सोझै केन्द्रिय कमिटीमा वढुवा गरेर लुम्विनी अंचलको जिम्मेवारी सुम्पिएपछि दोस्रो आध्याय सुरु हुन्छ । नेपाली कांग्रेसले सुरु गरेको ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा लौह पुरुष गणेशमान सिंहको अनुकम्पाले सहभागी हुने अवसर पाएको नेपालको बामपन्थी राजनीतिले एउटा उचाई पायो । हुन त ०३६ सालतिर पंहेलोमा छाप लगाउ आन्दोलनका अगुवा मानिने ओलीको राजनीतिक तिकडमवाजी संधै विवादित रह्यो । यद्धपि ओली सफल हुँदै गए ।
शक्ति बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने चर्चित कम्युनिस्ट भनाई जस्तै अगाडिकालाई सिध्याउ र अघि बढको अघोषित सिद्धान्त भेटिन्छ ।राणाहरुमा जस्तै कम्निष्टमा पनि खुनी सत्तासंघर्षको ईतिहास भेटिन्छ । लेनिन, स्टालिन, ख्रुश्चेव, यत्सिनदेखि पुटिनसम्मै सबैमाथि आरोप लाग्दै आएको छ । खुला राजनीतिमा आएपछि मदन आश्रितको रहस्यमय हत्या, विद्या प्रकरण, पार्टी विघटन, महाकाली सन्धि लगायत थुप्रै परिघटनामा ओलीको नाम जोडिएको छ । झन् भारतसँगको अत्यन्तै निकटता, ओलीको नाङ्गो हस्तक्षेपद्वारा भारतको पक्षमा गरिएका देशद्रोहको साक्षी बनेका छन् ।
ग. ओली आँफैमा त्यति खराव मान्छे नहोलान पनि तर ओलीको किचन क्याविनेट निसन्देह अत्यन्तै घटिया, अविवेकी, अज्ञानी, अपराधिक एवं भ्रष्टाचारी सोचले ग्रस्त मानसिक रोगीहरुले भरिएको छ । नेपाल जस्तो अविकसित, आर्थिक रुपले विपन्न सार्वभौम मुलुकका लागि यसरी कुनै शक्ति राष्ट्रको औजार हुनु निसन्देह विडम्वना नै मान्नु पर्छ ।
यी यावत राजनीतिक धोकाधडी र अमर्यादित क्रियाकलाप गर्दापनि ओलीको राजनीतिक उचाई बढ्दै गयो, कहिलै रोकिएन । खासगरी ओली चतुर नेता मात्रै हैनन् कस्लाई कहाँ कसरी प्रयोग गर्नुपर्छ भन्ने प्राक्टिकल मान्छे पनि हुन् । गुण्डा डन, विदेशी राजदुतहरुसँग समेत बाघचाल खेल्ने ओली एक नम्बरका जोकर ‘कमेडियन’ हुन् । तर प्रधानमन्त्री बनेपछि केही सकारात्मक कदम चालेर लोकप्रिय निर्णय गरि गरिब निमुखा विपन्न जनतालाई राहत देलान कि भन्ने जुन आस थियो आममान्छेहरुमा, त्यसको ठिक उल्टो अकल्पनीय भ्रस्टचारका घटना र सत्ताको चरम दुरुपयोग गरेर जनमानसलाई चकित बनाए ।
एकातिर शक्ति सम्पन्न दुई विशाल छिमेकी बीच युद्धको खतरा ज्यूँ का त्यूँ खडा छ भने अर्कोतर्फ कोभिड-१९ को मार झेल्न बाध्य जनतालाई एकपछि अर्को गर्दै सास्ती खेप्न विवश बनाएको छ । केन्द्रदेखि स्थानीय तहसम्म जनता त्राहिमामको अवस्थाबाट गुज्रिरहेका छन् । सरकार यो हदसम्म असंवेदनशील हुन् मिल्छ ? भ्रष्टाचार तथा पार्टीभित्र आपसी कलह बाहेक केही गर्न सकेन यो सरकारले ।
यस्तो निकम्मा सरकारको वहिर्गमन नितान्त आवश्यक छ तर कहिले विदेशी ‘चाईनिज’ राजदुतले, कहिले विदेशी ‘भारतीय’ सेना प्रमुखले, कहिले राष्ट्रपति लगायतले पालै पालो थमाइदिएर कसरी चल्छ देश ? कतिदिन थमाइदिन सक्छन यसरी ? संविधान, विधान, कानून, विधि पद्धति, मुल्यमान्यता कुल्चिएर कसरी राज्य संचालन सम्भव हुन्छ सरकार ?
सरकारले कि देश चलाउन सकिन भनेर माफी माग्दै राजीनामा दिएर अर्को पक्षलाई मार्ग प्रशस्त गर्ने या प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गरि मध्यावधि चुनावको घोषणा गर्ने अर्को विकल्प अब उपलव्ध छैन । बाँकी चुनाव पछि ! फ़्र्याङ्कफर्ट, जर्मनी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार
एनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार