एभरेष्ट बैंकको वित्तीय विवरणमा पहिरो, कुनै समयको ब्लूचिप बैंक अहिले आलु चिप्स बन्दै
आर्थिक संवाददाता
मंसिर ९, २०७७ मंगलबार २२:४५:३३
९ मंसिर, काठमाडाैं । कुनै समयको ब्लूचिप र लगानीकर्तालाई राम्रो प्रतिफल दिने बैंकको रुपमा स्थापित एभरेष्ट बैंकको अवस्था दिन प्रतिदिन खराब हुँदै गएकाे छ । आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई जम्मा १० दश प्रतिशतकाे लाभांश प्रस्ताव गरेपछि लगानीकर्ताहरु जिल्ल परेका हुन् ।
मुनाफा मात्र नभएर कम्पनीले प्रकाशित गरेकाे चालु आर्थिक वर्षको प्रथम त्रैमासको विवरण पनि लाज मर्दो देखिएको छ। खुद मुनाफामा पहिरो गएकाे छ भने प्रमुख आम्दानीको श्रोतका रूपमा रहेको खुद व्याज आम्दानीमा समेत गिरावट आएको छ।
अहिले सामाजिक संजालमा एभरेष्ट बैंकको प्रदर्शन हेर्दा ब्लुप चिप बैंक आलु चिप बन्दै गएको टिप्पणी हुर्दै आएकाे छ । लगानीकर्ताको यो भनाईलाई कम्पनीले दिने गरेको प्रतिफलदेखि कम्पनीको वित्तीय विवरणले समेत पुष्टि गरेको छ।
बैंकले लगानीकर्तालाई आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी जम्मा १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको विगत ५ वर्षको लाभांशको ट्रेण्ड गर्दा लाभांश दिन प्रतिदिन घट्दै जान थालेकाे छ। आर्थिक वर्ष ०७२/७३ मा ७३ प्रतिशत लाभांश दिएको बैंकले त्यस पश्चात भने निरन्तर घटाउँदै अहिले १० प्रतिशतमा सिमित भएको छ।
नोट : आर्थिक वर्ष ०७६/७७ को प्रस्तावित लाभांश, बुक क्लोज हुन् बाँकी ।
बैंकको संचालक समितिको अध्यक्षमा बि.के श्रेष्ठ रहेका छन् भने संचालक समिति सदस्यहरुमा अरूणमान शेरचन, बालगोपाल वैद्य, अनिल बंसल, नवीनभक्त श्रेष्ठ, डा. निर्मलकुमार बिष्ट र उर्मिला श्रेष्ठ रहेका छन् । डा. निर्मल कुमार बिष्ट स्वतन्त्र संचालक रहेका छन भने अनिल बंसल पञ्जाब नेशनल बैंकको तर्फबाट संचालक समितिमा कार्यरत छन् ।
बिके श्रेष्ठको नेतृत्वमा रहेको सञ्चालक समिति:-
त्यस्तै बैंककाे उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) गजेन्दर कुमार नेगी रहेका छन्।
प्रस्तावित लाभांशमा न्यून प्रतिफल :
कम्पनीले हाल प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशको बुक क्लोज नभएको अवस्थामा कम्पनीको अहिलेको बजार ६६२ लाई लिँदा अहिलेको बजार मूल्यमा शेयर खरिद गरेर लाभांश खादा १ दशमलव ५९ प्रतिशत मात्र प्रतिफल देखिएको छ।
एभरेष्ट बैंकको डिभिडेण्ड इल्डलाई अन्य बैंकको डिभिडेण्ड इल्डसँग दाँजेर हेर्दा निकै कम रहेको छ । एभरेष्ट बैंकका शेयरधनीले वर्तमान बजार मूल्य हेर्दा धोका पाएको अवस्था छ।
सीईओ नेगीको नेतृत्वमा रहेको व्यवस्थापन समिति:-
रिटर्न अफ इक्विटी ७ प्रतिशत :
बैंकको अहिलेको रिटर्न अफ इक्विटी जम्मा ७ प्रतिशत भन्दा माथि रहेको छ। वाणिज्य बैंकको औसत रिटर्न अफ इक्विटी भन्दा एभरेष्ट बैंकको निकै तल रहेको छ । यसको अर्थ एभरेष्ट बैंकको व्यवस्थापनले शेयरधनीको पुँजीबाट राम्रो प्रतिफल ननिकालेको बुझ्न सकिन्छ। व्यवस्थापन असफल भएको देखिन्छ।
एभरेष्ट बैंकको आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा पहिरो :
एभरेष्ट बैंकको खुद मुनाफामा पहिरो गएको छ । आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमाससम्म बैंकले जम्मा ३३ करोड ४७ लाख खुद मुनाफा आर्जन गरेको छ । जबकी आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमाससम्म बैंकले ६९ करोड ८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा ५२ प्रतिशतको गिरावट देखिएको छ।
✍ प्रमुख आम्दानीको श्रोतमा २९ प्रतिशतको पहिरो :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २९ प्रतिशतको गिरावट देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा १ अर्ब ४३ करोड खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७७/७८को प्रथम त्रैमाससम्ममा बैंकले १ अर्ब २ करोड खुद व्याज आम्दानी गरेको छ ।
कम्पनीले जोखिमवापत २० करोड ४३ लाख व्यवस्थापन गर्नुपरेको छ । आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमाससम्ममा बैंकले ६ करोड ६९ लाख मात्र व्यवस्थापन गरेको थियो । समिक्षा अवधिमा संचालन मुनाफा पनि ५२ प्रतिशतले घट्दै ४७ करोड ८२ लाख पुगेको छ।
✍ वितरण योग्य मुनाफामा पहिरो :
वितरण योग्य मुनाफा गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ५६ प्रतिशतले घट्दै १३ करोड ५९ लाख मात्र छ।
✍ प्रतिशेयर आम्दानीको अवस्था नाजुक :
कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७३ पैसा मात्र छ।
✍ मूल्य आम्दानी अनुपात ४२ गुणा :
कम्पनीको दोश्रो बजारमा मंसिर ९ गतेको बजार मूल्य ६६२ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात ४२ गुणा रहेको छ । अन्य वाणिज्य बैंकको तुलनामा यो मूल्य आम्दानी अनुपात निकै धेरै रहेको छ।
✍ संचित मुनाफा बढ्यो, जगेडा कोष सामान्य घट्यो :
बैंकको संचित मुनाफा १९ प्रतिशतले वृद्धि भएर २ अर्ब १२ करोड पुगेको छ भने जगेडा कोष सामान्य घट्दै ८ अर्ब ०७ करोड पुगेको छ ।
✍ निक्षेप कर्जा दुवै १ खर्ब माथि:
एभरेष्ट बैंकले १ खर्ब ५६ अर्ब निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब कर्जा प्रवाह गरेको छ।
✍ खराब कर्जा बढ्यो :
खराब कर्जा २९ प्रतिशतले वृद्धि हुँदै शुन्य दशमलव २२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासमा खराब कर्जा शुन्य दशमलव १७ प्रतिशत मात्र थियो ।
आधार व्याज दर घट्यो :
बैंकले आधार व्याजदर घटाउन सफल भएको छ । बैंकको आधार व्याजदर ७ दशमलव ०७ प्रतिशतमा झरेको छ जो एक वर्ष अघि ८ प्रतिशत भन्दा माथि थियो ।
निस्कर्ष:
एभरेष्ट बैंकको अवस्था दिन प्रतिदिन खस्कँदाे अवस्थामा पुगेकाे छ। बैंकले लगानीकर्तालाई दिने लाभांश मात्र नभएर कम्पनीको वित्तीय अवस्थामा पनि निराशाजनक भएको छ।
रिटर्न अफ इक्विटी एकादमै कम हुँदा व्यवस्थापनले राम्रो प्रदर्शन गर्न सफल भएको छैन। प्रथम त्रैमासमा बैंकले ३८ करोड माथि कर्मचारी खर्च शिर्षकमा खर्च गरेको भए पनि नाफा भने जम्मा ३३ करोड मात्र देखिएको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार