जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १९:५८:३७
१२ मंसिर, खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिए ।
तिला गाउँपालिका–१ का रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि गरेको बताए । उनले भने , “स्थानीय सरकारले किसानका लागि राहत हुने गरी काम गर्नुपर्छ र अनुदानको व्यवस्था मिलाउनु पर्छ ।” आगामी वर्ष ओखर बेचेर रु दुई लाखसम्म कमाउन सक्ने गरी बगैँचा व्यवस्थापनमा आफूहरु जुटेको हरिकला रोकायाले जानकारी दिए । शुरुको चरणमा हुर्काउन दुःख हुने गरेको छ । पछि हुर्केपछि ओखरमा खासै दुःख नहुने यहाँका किसान बताहरुएका छन् ।
कम मेहनतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर भएको किसानको अनुभव रहेको छ । खरिद गर्न व्यापारी गाउँमै आउने गरेका छन् । यहाँका आठवटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ । एकै बोटमा रु पाँच हजारसम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ ।अहिले खलङ्गा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको भीडभाड हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले ओखरखेती गर्नेको सङ्ख्या जिल्लामा बढेको जानकारी दिए। कार्यालयका अनुुसार जिल्लामा १९० हेक्टरमा ओखरखेती हुने गरेको छ । उनले भने, “एक वर्षमा १५ टनसम्म ओखर फल्ने गरेको छ । अधिकांश किसानले ओखर कोसेलीघरमा पुगेर प्याकेजिङ गरी बिक्री गर्ने गरेका छन् ।” बजारमा अहिले ओखरको मूल्य प्रतिदाना रु १० का दरले बिक्री हुने गरेको धिताल अर्गानी पसलका सञ्चालक टीकाराज धितालले जानकारी दिए ।
काठमाडौं , पोखरा, नेपालगञ्ज सुर्खेतलगायतका जैविक पसलमा यहाँको ओखर खपत हुने गरेको छ । मागअनुसार यहाँका किसानले सहजै पु¥याउन नसकेको बताइएको छ । तीन रोपनी जग्गा एकै क्लष्टरमा भएका किसानको समूह बनाएर बिरुवा, काँटछाट, रोगकिरा नियन्त्रण र सिँचाइका क्रियाकलाप उपलब्ध गराइएकोे कार्यालयले जनाएको छ ।ओखर बेचेर जिल्लामा करोडभन्दा बढी भित्र्याउने गरिएको कोसेली घरकासञ्चालक गोविन्द आचार्यले जानकारी दिए । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार