साहित्यकार ढकालको गीतकृति ‘लजालु पहाडहरु’ सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ४:२७:३५
१३ मंसिर, काठमाडौं । साहित्यकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ सार्वजनिक भएको छ।नेपालगन्जमा शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना, वरिष्ठ लोक गायक कमल विक निर्मोही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन्।
करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशील ढकालको लजालु पहाड पहिलो पुस्तकाकार कृति हो। पुस्तकमा ६७ वटा गीतहरु संग्रहीत छन्।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार सनत रेग्मीले ढकालका गीतहरु संरचनाका हिसाबले संगीतकार र गायकहरुलाई चुनौती दिने खालका रहेको बताए।
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योन्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरु लेख्ने क्षमता रहेको बताए। उनले भने, ‘जसले जिन्दगीको लक्षित उचाइमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरु सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ।’
उनले कृतिमा रहेका केही गीतहरु पहिलो पढाईमा दुर्बोध्यजस्तो लागे पनि तीनको वजन थाहा पाएपछि फरक खालको अनुभूत हुने दावी गरे। कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको बताए। उनले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको पनि बताए। युरेका प्रकाशनले प्रकाशन गरेको ‘लजालु पहाडहरु’ गीतसंग्रहको मुल्य २५० तोकएिको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार