वर्ल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १७:३८:३७
१५ मंसिर, काठमाडौं । नेपालको नम्बर एक इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडल विश्वस्तरीय डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“जित्न सफल भएको छ । नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको हो । हालसम्म यो पुरस्कार पाउने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी हो ।
१९ नोभेम्बर २०२० तारिखका दिन वर्ल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो ।
सन १९७८ मा स्थापित, वर्ल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।
विश्वव्यपी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।
उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारका आयोजना गर्दै आइरहेको छ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो । २० वर्ष अगाडि, ताइपेमा आयोजित आईटी २००० विश्व कांग्रेसमा विट्साले ग्लोबल आईसीटी उद्योगको अग्रणी मान्यता प्राप्त अन्तर्राष्ट्रिय आवाजको रूपमा (अष्ट्रेलिया र न्यूजील्याण्डदेखि बंगलादेशसम्म र मलेसियादेखि दक्षिण अफ्रीका र नाइजेरियादेखि अर्जेन्टिना र क्यानडासम्म दुनियाँका ८० भन्दा बढी देशहरुका आईसीटी उद्योगलाई संसारका सबै कुनाबाट सबैभन्दा प्रभावकारी र नवीन उम्मेदवारहरू चयन गर्न ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारलाई अनौंठो बनाउँछ ।
यहाँ रहेका उद्योगहरुको प्रभाव र नवीनताको आधारमा विज्ञहरुले उत्कृष्ट उद्योगहरुलाई उम्मेदवारको रुपमा छनौट गर्ने गर्दछ । यसक्रममा वर्ल्डलिंक पनि छनौट भएको हो ।
“यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागी आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए । २० बर्षदेखि आयोजना गर्दै आईरहेको पुरस्कार आयोजनामा यस बर्षका जति धेरै सहभागीहरूलाई समीक्षा एवम सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौ ।“विट्साका अध्यक्ष यभोन्ने चियु ले भने ।
वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, “डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो । हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्मलाई सक्षम बनाउदैछौं । ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार
आन्तरिक हवाई उडानतर्फ टिकटको अत्यधिक चाप, विमानस्थलको टर्मिनलमा यात्रुको थेगिनसक्नु भीड
असोज १८, २०८१ शुक्रबार
दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार