राष्ट्रिय महिला अधिकार मञ्चको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १८:२९:४१
१५ मंसिर, काठमाडौं । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत राष्ट्रिय महिला अधिकार मञ्च झापा, दमकको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ यस बर्षको १६ दिने अभियान चलिरहेको छ । महिलाबिरुद्ध हुने गरेका जघन्य अपराधहरु हत्या, हिंसा, बलात्कार, अन्याय र सामाजिक शोषणका घटनाहरुलाई अन्त्य गर्न बर्षै पिच्छे विभिन्न अभियानहरु सञ्चालन गरिने गरेको भएता पनि महिला माथिका चरम अत्याचार र बलात्कार पछिका हत्याका घटनामा कमी आउन सकेका छैनन् ।
चालु आर्थिक बर्षको ३ महिनामा औषत दैनिक ८ जना महिला बलात्कारको सिकार वा बलात्कारको प्रयासका घटनाका कारण पिडित हुनु परेको छ । नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांक अनुसार पनि बितेका ३ बर्षमा ३ हजार बालिकाहरु बलात्कृत भएको, ७ बर्षको अबधिमा झण्डै १४ हजार भन्दा बढी महिलाहरु बलात्कृत भएको तथ्यांक सार्वजनिक भएबाट पनि महिला माथि हुने अपराधका श्रृङ्खला घटने भन्दा पनि बढदो क्रममै देखिएको छ ।
जाहेरी नै नदिई गाउँघरमै ढाकछोप गरिएका घटनाहरुको फेहरिस्त त्यो भन्दा पनि दर्दनाक छ । बर्दिबासकी ६ बर्षिया गुलाफ शाह खातुनदेखि बझाङ्गकी १२ बर्षिया सम्झना कामी जस्ता हजारौ बालिकाहरुको कथा अझै लेख्न सकिएको छैन । बर्षौ बितिसक्दा पनि निर्मला पन्तका बलात्कारी र हत्यारालाई कानूनको कठघरामा ल्याउन सकिएको छैन ।
सरकारको बागडोर सम्हालेका व्यक्तिहरु र राजनितिमा आप्mना छवी उच्च बनाएका व्यक्तिहरुनै महिला हिंसाका घटनामा मुछिएका कारण पनि महिलाहरुको आवाज सुन्ने निकायहरु निकम्बा भएको झै देखिएको छ । बालबालिकाहरुका अधिकारका पक्षमा वकालत गर्ने संघसंस्थाहरुले पनि बालिका र किशोरीहरु माथि हुने गरेका बलात्कार र सामाजिक अपराधका बिषयहरुलाई सरकारसम्म पुर्याउन नसकिरहेको अवस्थामा सरकार पनि यस्ता घटनाहरुमा बेखबर झै देखिएको आभाष भैरहेको देखिन्छ । सरकारले बनाएका कानूनहरुको फितलो कार्यान्वयन र दण्डित भएका व्यक्तिहरुलाई हुने गरेको राजनैतिक संरक्षणका कारण पनि समाजमा यस्ता घटनाहरुले निरन्तरता पाईरहेको देखिन्छ ।
यहि कुरालाई आम नागरिक माझ पुर्याउन अहिले देशैभरी महिला हिंसा र जघन्य अपराधका बिरुद्धमा १६ दिने अभियान सञ्चालन भैरहेको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत देशै भरी विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । महिला हिंसाका घटनामा दिनानुदिन बढोत्तरी हुदै गैरहेको बर्तमान अवस्थामा यस्ता कार्यक्रमहरुको अझै बढी आवश्यकता र महत्व रहेको दमकका महिला अधिकारकर्मीहरुले बताएका छन् । यसै क्रममा राष्ट्रिय महिला अधिकार मञ्च जिल्ला शाखा झापा र दमक नगर समितिको संयुक्त आयोजनामा आज मंसिर १५ गते दमकमा एक अन्तरक्रियात्मक कार्यक्रम गरि मनाईएको छ ।
यहि क्रममा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय महिला अधिकार मञ्च झापा जिल्ला समितिकी अध्यक्ष पुनम संग्रौलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिाया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिलाहरुले भोग्नुपरेका समस्याहरुका बिषयमा आप्mना धारणाहरु राखेका थिए । विश्व महिला मानचित्रमा महिलाहरुले गरेका उत्साहजनक उपलब्धिहरु हेरेर नेपाली महिलाहरुको मुल्यांकन गर्न नसकिने राष्ट्रिय महिला अधिकार मञ्चका सचिवालय संयोजक तथा उज्यालो नेपालका अध्यक्ष यज्ञप्रसाद भट्टराईले बताए ।
अहिलेको एक्काईसौं शताब्दिमा पनि नेपालमा पुरुषले महिलामाथि गर्ने जघन्य अपराध र दुव्र्यबहारका घटनामा कमी आउन नसक्नु आफैमा लाजमर्दो कुरा रहेको बताउदै महिलालाई अधिकार सम्पन्न बनाउने भन्दा पनि कोटा पूर्ति गर्ने अभ्यासमा मात्र वर्तमान राजनैतिक नेतृत्व देखिएकोले सक्षम र सबल महिलाहरु अझै पनि ओझेलमा परेका र पार्टीमा झेला बोकेर हिँडेकै भरमा राजनैतिक दलको भागबण्डामा सिमित हुनु परेको कुरामा जोड दिदैं जिल्ला अध्यक्ष पुनम संग्रौलाले अब महिलाहरुले कसैको दान दातव्यमा नेतृत्वमा जाने हैन आफै सक्षम भएर नेतृत्व लिनु पर्ने करा बताउनु भएको थियो ।
महिला माथि हुने अमानविय तथा जघन्य प्रकृतिका अपराधहरुमा हिजोका नेतृत्व बर्ग भन्दा पनि बर्तमानका नेतृत्वबर्ग झनै अनुदार रहेको राष्ट्रिय महिला अधिकार मञ्च कि केन्द्रिय सदस्य तथा झापा जिल्लाकी महिला नेतृ मन्धरा पौडेलले बताउनु भएको थियो । महिला हिंसाका घटनामा ३ बर्षकी बालिका देखि ७० बर्षका आमाहरुसम्म बलात्कृत र शोषणमा परेको भन्दै केन्द्रिय सदस्य पौडेलले महिलामाथि हुने अपराधका सामान्य भन्दा सामान्य घटनाहरुलाई पनि राज्यले अत्यन्तै महत्वका साथ लिनु पर्ने कुरामा जोड दिएका थिए ।
राष्ट्रिय महिला अधिकार मञ्चका जिल्ला र दमक नगर समितिका महिलाहरुको संलग्नतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सभाकी अध्यक्ष तथा राष्ट्रिय महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष पुनम संग्रौलाले महिलाले महिलामाथि गर्ने दुव्यबहार मात्रै कम गर्न सके पनि समाजमा आधा महिला हिंसाका घटना कम भएर जाने भन्दै तमाम महिलाहरुका अधिकार र समस्याका बिषयमा राष्ट्रिय महिला अधिकार मञ्च १६ दिने अभियानमा मात्र हैन निरन्तर महिलाहरुको साथमा रहने र महिला हक हितका पक्षमा वकालत र पैरबी गरिरहने बताइन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्च दमक नगर समितिकी अध्यक्ष रमा लिम्बु, उपाध्यक्ष पवित्रा संग्रौला, महिला नेतृ तथा उज्यालो नेपालकी कोषाध्यक्ष कविता उप्रेती, लक्ष्मी बिष्टले समेत महिला हिंसा बिरुद्धका बिषयमा आप्mना धारणाहरु राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य मन्धरा पौडेल, जिल्ला अध्यक्ष पुनम संग्रौला, दमक नगर अध्यक्ष रमा लिम्बु, शप्तरंगी एफ. एम.का स्टेशन म्यानेजर गिरिराज भट्टराई, उज्यालो नेपालका अध्यक्ष तथा राष्ट्रिय महिला अधिकार मञ्चको जिल्ला सचिवालय संयोजक यज्ञ प्रसाद भट्टराई, महिला मञ्चकी नगर सदस्यहरु कबिता उप्रेती, लक्ष्मी विष्ट बस्नेत, लक्ष्मि कार्की, पवित्रा संग्रौला, सृजना बस्नेत, लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
काफल बेचेर मनग्य आम्दानी
बैशाख २५, २०८१ मंगलबार
तार तान्ने काममा अवरोध भएपछि रोकियो मध्यभोटेकोशीको काम
बैशाख २५, २०८१ मंगलबार
प्रविधिको प्रयोग गरेर अध्ययन गर्दै चेपाङ बालिका
बैशाख २५, २०८१ मंगलबार
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान
बैशाख २५, २०८१ मंगलबार
नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले ८० मिलियन डलर ऋण दिने
बैशाख २५, २०८१ मंगलबार
कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान
बैशाख २५, २०८१ मंगलबार