प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १२:२:४४
१८ वैशाख, काठमाडौं । सिधा कुरा डटकमले आफ्नो अनलाइन र यूट्यूब च्यानलमा प्रकाशन तथा प्रसारण गरेको समाचारका विषयलाई लिएर सर्वोच्च अदालतले गरेको फैसलाप्रति विभिन्न कोणबाट विरोध सुरु भएको छ । सर्वोच्चको सोमबारको फैसलालाई लिएर विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्ति, संस्था नागरिक समाज र अधिकारकर्मीहरूले स्वतन्त्र प्रेसका लागि यो दुराशयपूर्ण भएको बताएका छन् ।
यसै क्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि सर्वोच्च अदालतको यो फैसला स्वीकार्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अदालतको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायलाई कुनै पनि कोणबाट स्वीकार गर्न नसकिने बताएका छन् ।
लम्सालले भनेका छन, ‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको प्राण ! यी दुवैको सह अस्तित्व र विश्वसनियतामा नै लोकतन्त्र सबल र सुदृढ हुनसक्दछ । मेरो अस्तित्वमाथि प्रश्न उठाईस भने तेरो अस्तित्व सक्काइ दिन्छु भन्ने सोचमा सम्मानित अदालतले प्रेसको स्वतन्त्रता कुण्ठित गर्न मिल्छ ? यो कदापि स्वीकार्य छैन ।’
सिधा कुरा डटकमले आफ्नो अनलाइन र यूट्यूब च्यानलमा प्रकाशन प्रसारण गरेको ‘द डार्क फाइल’ नाम श्रृंखलाबद्ध सामग्री पनि यो फैसलापछि हटाएकाे छ । प्रेस काउन्सिल नेपालले पनि समाचार सामाग्री हटाउन दवाव दिएको थियाे । अध्यक्ष लम्सालले सामाजिक सञ्जालमा टिप्पणी गर्दै छानबिन विना नै कुनै संस्था या व्यक्तिको मानमर्दन गर्न नहुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार