तानाशाही व्यवस्था र नेता पौडेलमाथिकाे धरपकड
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार २०:५:१८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेर नेकपाको सरकारले आफ्नो तानाशाही अनुहार मात्र देखाएको छैन् विश्वको कुनै पनि कुनाका कम्यूनिष्टहरु कहिल्यै प्रजातान्त्रिक हुदैनन्, सबै तानाशाही हुन्छन् भन्ने प्रमाणित पनि गरेकाे छ । उनीहरू प्रजातन्त्रको आवरणमा मौका छोपेर प्रजातन्त्रको हुर्मत मात्र लिदैनन्, प्रजातन्त्रलाई सर्वनास गर्दै एकल तानाशाही व्यवस्था स्थापित गर्न सधैं अग्रसर हुन्छन् भन्ने कुरालाई समेत उदांगो रुपमा याे घटनाले उघारिदिएका छन् । नेपालमा पनि नेपाली जनताको विश्वास र जनमतलाई सर्वसत्तावादको भर्यांङग उक्लने औजारका रुपमा मात्र उपयोग गरिरहेका नेकपा नामका कम्यूनिष्टहरुले विस्तारै आफ्नो असलियत देखाउन थालेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेतालाई आज जुन तरिकाले गिरफ्तार गरिएको छ, यसको उचित हिसाबकिताब उनी संलग्न नेपाली कांग्रेस नामक दलले खोज्ला ? देला ? देखाउला या लुकाउला ? यो उसको आन्तरिक बिषय हो तर सर्वसाधारण आमनागरिकले समेत पत्याउन गाह्रो हुने शैलीमा वर्तमान नेपालका प्रधानमन्त्री भन्दा पनि उच्च राजनीतिक छवि र प्रजातान्त्रिक विचार बोकेका, नेपाली समाजवादी आन्दोलनका एकमात्र जिउँदो ईतिहास माथि जुन प्रकारको बर्बर, अक्षम्य र अकल्पनिय घटना देशको कम्युनिष्ट सरकारले अझ भनौ आफ्नै दलभित्र पनि गन्हाएर आफ्ना दलका नेताहरुले समेत अविश्वास गरी सरकारको नेतृत्वबाटै कुनै पनि बेला मिल्काउन लागिएका केपी शर्मा ओलीको नेतृत्वको सरकारको तर्फबाट गरिएको छ । यसको सम्पूर्ण हिसाबकिताब नेपाली कांग्रेसले खोज्न सक्नुपर्छ ।
पञ्चायतको बर्बर दमन र अत्याचारको चरम उत्सर्गको समयमा पनि यस्तो अमानवीय व्यवहार रामचन्द्र पौडेलमाथि कहिल्यै गरिएको थिएन जुन आज एउटा बहुलट्ठी अर्ध चेतनामा एक्लै बर्बराउने र आफु बालुवाटारबाट बाहिर निस्किए सुरक्षा खतरा छ भन्ने सरकार प्रमुखबाट भएको छ । यसको सशक्त प्रतिकारमा आजैदेखि नेपाली कांग्रेस सडकमा जानुको विकल्प छैन् ।
वर्तमान सरकारको बबर्रता, भ्रष्टाचार, हत्या, हिंसा बलात्कार, घुषखोरी, कालोबजारी, कृतिम अभाव लगायतका बिषयमा स्वयं नागरिकहरु उकुसमुकस भैरहेको अवस्थामा नेता पौडेलको ६ दशक भन्दा लामो प्रजातान्त्रिक आन्दोलनको आधारस्तम्भ जोगाउन र स्वयं पौडेलको काँधमा लागेको कम्यूनिष्टको कलंकको धुलो धुनका लागि पनि सशक्त प्रतिकारात्मक आन्दोलन गर्नुको बिकल्प छैन ।
यसबाट नेकपाको ओली सरकारले नेपाली कांग्रेसलाई मात्र लल्कारेको छैन, नेपालको सिंगो प्रजातान्त्रिक व्यवस्था, बिधिको शासन, नागरिक स्वतन्त्रता, लगायतका कुराहरु माथिसमेत नाङ्गो हस्तक्षेप गरेको छ । यसको एक एक हिसाबकिताब नेपाली कांग्रेसले लिन सक्नुपर्छ । देशमा अझै पनि नेपाली कांग्रेस ज्यूँदै छ भन्ने आभाश पनि नेपाली जनतालाई दिन सक्नुपर्छ । वर्तमान नेकपाको सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता माथि त यस्तो वर्बर दमन गर्न डराउँदैन भने आम नेपाली नागरिकहरु कति शोषण, दमन र अत्याचारको शिकार भएका होलान ?
हुन त आजको दमौली घटनाबाट वर्तमान सरकारले नेपाली कांग्रेसको असली हैसियत, संस्थागत क्षमता, नेपाली कांग्रेस नेतृत्वको प्रतिकारको नमुना संकलन समेत गर्ने अपेक्षा गरिएको छ, जसका आधारमा केपी शर्मा ओलीको वर्तमान सरकारले भोलिको जनआन्दोलनको प्रतिकारको कार्ययोजना बनाउन खोजेको जस्तो समेत देखिदैछ ।
त्यसैले नेपालको प्रजातान्त्रिक समाजवादको आन्दोलनमा झण्डै ६ दशक भन्दा बढी समय बिताएका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मुलुकका पूर्व उपप्रधानमन्त्रीलाई बाघले बाख्रो घिसारे झैंको शैलीमा आम कार्यकर्ताका बीचबाट उठाएर जुन कुकृत्य सरकारले गरेको छ, यसको कुनै पनि शब्दले भ्रत्सना गर्दा पनि कम हुन्छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा दोश्रो कृष्णप्रसाद भट्टराईको राजनीतिक स्थान लिन सफल वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेपाली कांग्रेस भित्र अत्यन्तै शालिन, ईमान्दार र त्यागी नेताको रुपमा लिईन्छ । कहिल्यै कडा शब्दमा प्रस्तुत पनि नहुने नेता पौडेल माथिको दमौली घटना प्रहरीको वर्बरता मात्र हैन सिंगो नेकपा सरकारको ठाडो दमन, सत्ताको दम्भ र ओलीराजको अहंकारको पराकाष्ठा हो ।
यसबाट नेकपाको ओली सरकारले नेपाली कांग्रेसलाई मात्र लल्कारेको छैन नेपालको सिंगो प्रजातान्त्रिक व्यवस्था, बिधिको शासन, नागरिक स्वतन्त्रता, लगायतका कुराहरु माथिसमेत नाङ्गो हस्तक्षेप गरेको छ । यसको एक एक हिसाबकिताब नेपाली कांग्रेसले लिन सक्नुपर्छ । देशमा अझै पनि नेपाली कांग्रेस ज्यूँदै छ भन्ने आभास पनि नेपाली जनतालाई दिन सक्नुपर्छ ।
वर्तमान नेकपाको सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता माथि त यस्तो वर्बर दमन गर्न डराउँदैन भने आम नेपाली नागरिकहरु कति शोषण, दमन र अत्याचारको सिकार भएका होलान ? यी सबै कुराको सुक्ष्म विश्लेषण गर्दै अब नेपाली कांग्रेस आम नेपाली जनताको साथ र सहयोग लिएर सडक आन्दोलनमा जानुको विकल्प छैन ।
कम्युनिष्टको पुच्छर भएर बाँच्नु भन्दा बरु सडकमा गएर जनताका काखमा जनताकै स्वतन्त्रताका लागि गोली खाएर मर्नु किञ्चित पनि पछि पर्नु हुँदैन । धमिराले झै मुलुकलाई भित्रभित्रै खोक्रो अनि सामाजिक, धार्मिक र सांस्कृतिक धरोहरहरु समेत ध्वस्त बनाएका अपराधीका झुण्डहरुलाई उनीहरुको पुरानै वासस्थानमा थन्क्याएर मात्र अब बिश्राम लिनुपर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको विकृत राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार
शासक, प्रशासकहरू किन चुकिरहन्छन् देशलाई अप्ठ्यारो पर्दा ?
असोज १७, २०८१ बिहिबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार