व्यवसाय जीवनरक्षा कोष चाँडै कार्यान्वयनमा आउने
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार २३:१७:१७
१९ मंसिर, गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित दोस्रो वार्षिक साधारणसभामा कोरोनाका कारण तहसनहस बनेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु अहिलेको आवश्यकता भएकामा जोड दिइएको छ ।
पर्यटन क्षेत्रलाई कोरोनाको महामारीले नराम्रोसँग प्रभावित बनाएको जनाउँदै कार्यक्रमका वक्ताहरुले सङ्कटमा परेको पर्यटन व्यवसायलाई सरकार तथा निजी क्षेत्र सबैको साथ र सहयोगमा बचाउनुपर्ने धारणा राखे ।
गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२०२२ का संयोजक जुद्धबहादुर गुरुङले कोरोनाका कारण गण्डकी प्रदेशको पर्यटनमा दैनिक रु १३ करोड घाटा व्यहोर्नुपरेको बताए । धराशायी व्यवसायलाई जोगाउन प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई चाँडै कार्यान्वयनमा ल्याउने उनले बताए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटक सवारीको आयु २० वर्ष निर्धारण गरिनु व्यावहारिक नभएको तर्क गर्दै राम्रो व्यवस्थापन एवं हेरविचार गरी सञ्चालनमा आएका सवारी साधन ३०–३५ वर्षसम्म पनि राम्रो अवस्थामा रहने दाबी गरे। पर्यटन बजार खुले पनि अझै पर्यटकीयस्थल नखोलिनु व्यावहारिक नभएको बताउँदै अध्यक्ष गुरुङले संघले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ यही मङ्सिर २२ गतेदेखि स्याङ्जा, पाल्पा, बुटवल, नवलपुर, चितवनलगायत स्थानमा प्रवद्र्धनात्मक भ्रमण गर्न लागेको जानकारी दिए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामहरि शर्माले सरकारले कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई टिकाउने खालका कार्यक्रम ल्याउनुपर्ने तथा मौद्रिक नीतिले साना तथा मझौला व्यवसायीलाई समेट्नुपर्ने भनाइ राखे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायतले कोरोना कहरसँगै पोखरासहित समग्र देशकै तहसनहस पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने आवश्यकतामा जोड दिए ।
पोखरामा पर्यटन यातायात समितिका नाममा विसं २०५७ मा सातजना व्यवसायी मिलेर सङ्गठित बन्दै गएको संस्था हाल नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका नाममा रहेको र यसमा ८६ व्यवसायी आबद्ध भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार