बैतडीका १६ ठाउँबाट टेलिकमको फोरजी सेवा सञ्चालन
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १७:२५:४३
२१ मंसिर, बैतडी । बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो । यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख सुरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
जिल्लाका थप नौ स्थानबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको उनले बताए । उनले भने, “कैलपाल, मानिकाखान, ठाँड, कटौजपानी, झुलाघाट, पुर्चौडीहाट, सुर्नया गाउँपालिका, वसन्तपुर र सिगासको गुगुल्टेबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको छ । कैलपाल, मानिकाखान, ठाँडमा टावर बनिसेकेको छ ।”
जिल्लाका २८ स्थानमा टावर राखेर टेलिकमले नमस्ते मोबाइलको सेवा दिइरहेको छ । टेलिकमले जिल्लाभरि आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतिको काम गरिरहेको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख कार्कीले जानकारी बताए। उनले भने, “हाल टेलिकमले स्थानीय तहका कार्यालयलाई प्राथमिकतामा राखेर सेवा थपिरहेको छ, पुराना टावर रहेका स्थानबाट सेवा प्रभावकारी भए पुरानै टावरबाट सेवा दिइरहेको र पुराना टावरबाट सेवा प्रभावकारी नभए नयाँ टावर थपिररहेको हो ।”
सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा भने तीव्रगतिमा वृद्धि भइरहेको उनको भनाइ छ । जिल्लाका अधिकांश टेलिकमका टावरमा विद्युत् नहुँदा सोलारको भरमा सञ्चालनमा रहेका छन् । सोलारको भरमा रहेका टावरले घाम लागेको बेला मात्रै नेटवर्क आउने गरेकाले समस्या हुने गरेको छ । बैतडीमा रहेका सबै नेपाल टेलिकमका टावरमा विद्युतकाे पहुँच नपुग्दा इन्टरनेट र फोन सेवा प्रभावकारी हुनसकेको छैन । जिल्लामा रहेका आठ टावरमा मात्रै विद्युतको पहुँच रहेको टेलिकम कार्र्यालय प्रमुख कार्कीले जानकारी दिए ।
शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, ग्वाल्लेक, सिल्लेक र खोडपेमा रहेका टावरमा मात्रै विद्युतकाे पहुँच रहेको उनले बताए । बैतडीमा नेपाल टेलिकमका २८ टावरमध्ये १६ टावरबाट फोरजी सेवा सञ्चालनमा रहेका छन् । उनले भने, “विद्युतको पहुँच नभएका ठाउँमा सोलारको भरमा टावर सञ्चालनमा छन् ।” सोलारको भरमा टावर रहेका सेवा क्षेत्रका नागरिकले घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा लिन पाउँछन् ।
घाम नलागेको बेला ब्याट्री चार्ज नभएर सेवा प्रवाह नहुँदा अधिकांश नागरिक फोन सेवा र इन्टरनेट सोव लिनबाट वञ्चित हुने गरेका छन् । घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा उपलब्ध हुने र अन्य समयमा नेटवर्क नआउने समस्या रहेको पुर्चौडीबाट अनिरुद्र जोशीले जानकारी दिए ।
फोरजी सेवा सञ्चालनमा रहेका टावरमा विद्युतकाे पहुँच पुगेको भए ८०० र एक हजार ८०० मेगाहर्ज दुवै सेवा सञ्चालनमा रहेका दूरसञ्चार कार्यालयले जनाएको छ । सोलारको भरमा रहेका टावरबाट पावर नपुग्ने भएकाले ८०० मेगाहर्जबाट मात्रै सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय बैतडीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार