विवाह र यसका हिन्दु शास्त्रीय मान्यताका ४५ विधि के के हुन् ?
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १७:२८:५०
विवाहका शैली, मान्यता, संस्कार, प्रचलन भूगोल र समुदाय अनुसार भिन्न भिन्नै छ । यद्यपि दुई विपिरत लिंगी आपसमा बैवाहिक जीवनमा बाँधिन्छन् । जसको प्रचलन संसारभर छ । यो प्राकृतिक प्रकिया नै हो । शास्त्रमा विवाह सम्बन्धी विभिन्न मान्यताको बर्णन गरिएको छ ।
संस्कार र शास्त्रमा उल्लेख गरिएका मान्यताका अधारमा विवाह गर्ने परम्परा रहेपनि पछिल्लो समयमा सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि चिनजान गर्ने र आफैले मन पराएर विवाह गर्ने परिपाटी बढ्दै गईरहेको छ ।
अघिल्लो पुस्ता, जुन समयमा सामाजिक सञ्जालको प्रयोग हुँदैनथ्यो, त्यो समयमा प्राय विवाहमा वर र वधु खोज्न लमी (समाजमा केटालाई केटी खोज्ने र केटीलाई केटा खोज्ने व्यक्ति) लाई कुरा गरिन्थ्यो र त्यस्तो व्यक्तिले दुवैतर्फ कुरा गरेर विवाहको छिनोफानो गर्दथे ।
तर समय फेरिएको छ । आजकाल समाजमा लमी त्यति भेटिदैनन् । समय यति अगाडी बढिसक्यो कि अब केटाकेटी आफै राजीखुशी भएर आ–आफ्नो घरपरिवारमा आफ्नो विवाहको बारेमा आफै कुरा गर्ने यदि घरपरिवारमा आफन्तहरु सहमत नभएमा आफै भागेर विवाह गर्दछन् ।
शास्त्रमा बिभिन्न ८ प्रकारका विवाहको वर्णन गरिएको छ
१. ब्रह्म विवाह
२. दैव विवाह
३. आर्श विवाह
४. प्रजापत्य विवाह
५. गंधर्व विवाह
६. असुर विवाह
७. राक्षस विवाह
८. पैशाच विवाह
माथिका अन्तिम चार विवाह शास्त्रले मर्यादा विपरित मानेको र दण्डनीय छ । जसमा गन्दर्भ विवाह, असुर विवाह, राक्षस विवाह र पैशाच विवाह रहेका छन् ।
तर यस लेखमा हामी हिन्दु परम्परा अनुसार परम्परागत (ब्रह्म विवाह) विवाह कसरी सम्पन्न हुन्छ र विवाह गर्दा के कस्ता बिधि प्रयोगमा ल्याईन्छन्, यसै विषयमा चर्चा गर्न गईरहेका छौं । विवाह पद्दतिमा विवाह सम्पन्न गर्नको लागि ४५ बटा बिधि प्रयोगमा ल्याईन्छन् ।
१ कुरो चलाउने
२ केटी माग्ने
३ जुराउने
४ दिन तोक्ने
५ जनै सुपारी गर्ने अर्थात कुरो छिन्ने
६ लुगाफाटो किन्ने
७ सिन्दुर र लगने लुगा किन्ने
८ लगन लेखाउने
९ साईपाटो पठाउने
१० जग्गे बनाउने
११ पूर्वाङ्ग गर्ने
१२ वरको बाबुले मातृका–पूजा गर्ने
१३ वरको बाबुले नान्दी श्राद्ध गर्ने (बाबुको बाबु भए जिबाबुले गर्ने)
१४ ग्रहशान्ति गर्ने
१५ दुलहा अन्माउने
१६ रत्यौली खेल्ने
१७ भत्केरो पठाउने (बधुको घर पुग्न लाग्दा)
१८ जन्ती पर्सने
१९ वाग्दान र वरणी गर्ने
२० स्वयंवर गर्ने (ऐच्छिक)
२१ पटलाञ्छन गर्ने (ऐच्छिक)
२२ जन्तीलाई ख्वाउने
२३ कन्यादान गर्ने
२४ विवाह गर्ने
२५ राष्ट्रभृद् होम
२६ जय होम्
२७ अभ्यातान होम्
२८ गुप्ता हुतिहोम
२९ लाज होम
३१ पर्वत पूजा
३२ सिन्दुरार्पणम् (सिन्दुर हाल्ने)
३३ मङ्गलसुत्र (पोते) प्रदान
३४ ठाँउ सार्ने
३५ मधुपर्क (माहुर) प्राशन
३६ ग्रह तिलकम्
३७ अक्ष क्रीडनम् (पासा खेल्ने)
३८ पाती प्रसारी अभिषेक गर्ने
३९ छोरी अन्माउने
४० अर्ति सियाँली गर्ने
४१ घृतधारा गर्ने (चुल्ठो जोर्ने)
४२ पाथी भर्ने
४३ भँडार देखाउने
४४ चतुर्थी गर्ने
४५ द्विरागमन् (दुरुन फर्काउने )
अहिलेपनि काँही कतै मागी विवाहमा यी माथिका सबै नियमहरुको पालना गरी विवाह गरिन्छ । प्राय मानिसहरुले माथिका केही नियमहरुको पालना गरेर मात्र विवाह सम्पन्न गर्दछन् । पछिल्लो समयमा मागेर र माथिका नियमहरुको पालना गरि विवाह गुर्नभन्दा पनि प्रेमविवाह गर्ने होड नै चलेको पाइन्छ ।
अहिलेका किशोर किशोरीमा विभिन्न प्रकारका विकृति देखा परेका छन् । सामाजिक सञ्जालमार्फत नजिक भएका छन् । त्यसैले उनीहरु हरेकपल हरेकक्षण सम्पुर्ण कुराहरुमा अपडेट भएका हुन्छन् । सामाजिक सञ्जालमार्फत नै उनीहरुले प्रेम प्रस्ताव राख्छन् र हरेक पक्षबाट नजिकिन्छन् अनि विवाह गर्ने तयारीमा पुग्छन् ।
विवाह गर्नको लागि माथि लेखिएका मान्यतालाई पालना गरि, बरबधुको चिना मिलाएर, चिनामा कुनै दोष नभएमात्र विवाह गर्दा दाम्पत्य जीवन सफल हुने कुरा शास्त्रमा लेखिएको छ । वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट, नाडी गरेर जम्मा ३६ गुण हुन्छ र १८ गुण भन्दा माथि आए मांगलिक दोष मिलाएर र राशी ८–१२ नपारी विवाह गर्दा विवाह पछिको सम्बन्ध उत्तम हुन्छ भनि शास्त्रमा भनिएको छ । (लेखक ज्याेतिष हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार
आजको मौसम : यी ठाउँहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २६, २०८१ बुधबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार