रसुवामा उत्पादित चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १७:५८:४४
२२ मंसिर ,रसुवा । लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ ।
बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफूले व्यहोर्नुपर्ने भएकाले दुग्ध विकास संस्थानकोे काठमाडौंस्थित केन्द्रीय भण्डारण लैनचौरमा लाने अनुमति माग भइरहेको चीजकेन्द्रका प्रमुख कग्याल्पो तामाङले बताए ।
गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएका हाल पाँच लाख १२ हजारको चीज तथा एक लाख आठ हजार रुपैया बराबरको मखन अलपत्र परेको छ । नेपालको जेठो चीज कारखाना लाङ्टाङले उत्पादन गरेका चीज पर्यटकबाटै खपत भइरहेको अवस्थामा कोभिड–१९ को सङ्क्रमण शुरू भए लगत्तै विदेशी पाहुनाको चहलपहलमा शून्यता छाएपछि चीज तथा मखन बिक्रीमा समस्या आएको उक्त केन्द्रले जनाएको छ ।
चार सय चौरी गाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चीज तथा मखन बिक्रीमा समस्या आएपछि गतअसोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार