कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार २१:७:४९
२२ मंसिर, अमरगढी । डडेल्धुराकै सबैभन्दा अग्लो डाँडो कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने भएको छ । सदरमुकामदेखि १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदलयात्रामा उक्त ठाउँमा पुग्न सकिन्छ ।
करिब सात हजार फिट उचाइको कस्याटाकुरीबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृङ्खला तथा डोटी, बझाङ, अछाम, बैतडी जिल्ला र भारतीय भू–भाग अवलोकन गर्न सकिने भएको हुँदा अमरगढी नगरपालिकाले उक्त टाकुरीमा पर्यटन पूर्वाधारका संरचना निर्माण गर्ने काम अगाडि बढाएको छ ।
डोटेली राज्यका इतिहासकार भोजराज भट्टराइले उक्त टाकुरीमा २५ वर्ष अघिसम्म ढुङ्गाको मन्दिर रहेको बताए । साथै त्यहाँ केही खाना पकाउने भाँडाकुँडासमेत रहेको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर बोहराले बताए । कस्याटाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी पूर्वाधार निर्माणको काम शुरु गरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । उनले भने, “टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण र विभिन्न क्षेत्रको दृश्य हेर्नका लागि दुरर्बिन राख्छौं, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइनेछ ।”
टाकुरीसम्म पुग्ने पैदलमार्गका बीचबीचमा पर्यटकका लागि विश्रामस्थल र सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ लगाउने काम भइरहेको छ । टाकुरी उत्खन्न गर्दा प्राचीनकालीन ओखल ‘धान कुट्न बनाइएको ढुङ्गा’ र मन्दिरको घण्टीलगायतका सामग्री भेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार