अब मनाङ घुम्न पीसीआर रिपोर्ट अनिवार्य
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार २२:५:१८
२२ मंसिर, काठमाडौं । अब मनाङ घुम्न जानेले ७२ घण्टे पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।
७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट स्वदेशी तथा विदेशी दुवैखाले पर्यटकका लागि अनिवार्य गरिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।
लमजुङ सीमा तालदेखि तिलिचो तालको सिधा बाटो मात्रै खुला गरिएको हो । अन्य ठाउँमा घुमफिरका लागि प्रतिबन्ध अझै कायम छ । मनाङबाट याकखर्क, थोराङ्ला हुँदै मुक्तिनाथ जाने बाटोसमेत नखुलेको उनले बताए । पीसीआर रिपोर्ट लिएर आए पनि पर्यटकले बसाइँ र खानपानको आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक उनीहरूका पथप्रदर्शकले भने व्यवस्थापन गरिदिन सक्नेछन् ।
सरकारले अनुमति दिएपछि चार विदेशी पर्यटक नार्पाभूमि गाउँपालिकाबाट हिमलुङ हिमाल चढ्न गएका थिए । उनीहरूले खानबस्न आफैं व्यवस्थापन गरेका थिए ।
मनाङमा पर्यटक आगमन हुन थालेपछि सीमा प्रहरी चौकी तालले तालडाँडमा नियमित जाँच थालेको छ । ७२ घण्टाभित्रको पीसीआर रिपोर्टबिनै आउने पर्यटकलाई फिर्ता पठाउने गरिएको मनाङका डीएसपी मेखबहादुर कुँवरले बताए ।
प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले संक्रमणबाट जोगिन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ को बैठक बसी पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार