अब फेसबुक र गुगलले समाचारका लागि पैसा बुझाउनुपर्ने
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार १९:१:४२
२४ मसिर, एजेन्सी । अस्ट्रेलियाले फेसबुक र गुगलले आफ्ना सञ्चारमाध्यमहरुको समाचार उक्त प्लेटफर्ममा राखेबापतको पैसा तिर्नुपर्ने नियम ल्याउने भएको छ । अस्ट्रेलियाले मंगलबार उक्त योजनाबारे निर्णय गरेको हो । स्वत्रन्त्र पत्रकारिताको संरक्षणका लागि विश्वभरमा नै यो पहिलो कदम हो । इन्टरनेट कम्पनीहरुले भने यो योजनाको विरोध गर्दै आएका छन् ।
यसै साता संसद्मा पेस हुन गइरहेको यो प्रस्तावअनुसार ठूला प्रविधि कम्पनीहरुले स्थानीय सञ्चारमाध्यमहरुसँग आफ्नो प्लेटफर्ममा देखिने समाचारको कति पैसा बुझाउनुपर्ने भन्ने विषयमा वार्ता गर्नुपर्नेछ । यदि उनीहरुको बीचमा कुनै सम्झौता हुन नसके सरकारी मध्यस्थकर्ताले उनीहरुको विषयमा निर्णय गर्नेछ ।
‘यो निकै ठूलो परिवर्तन हो । यो विश्वकै पहिलो हो र अहिले विश्वले अस्ट्रेलियामा यस्तो परिवर्तन कसरी होला भन्नेमा चासो दिइरहेका छन्’, अस्ट्रेलियाका डिपार्टमेन्ट ट्रेजरीका ट्रिएजर जोस फ्राइडेनबर्गले बताए ।
प्रविधि कम्पनीहरुले भने यसअघि नै यस किसिमको योजनाको विरोध गर्दै आएका थिए । गत अगष्टमा अमेरिकी प्रविधि कम्पनीहरुले अस्ट्रेलियाले यो नियम ल्याए आफूहरुले अस्ट्रेलियामा दिँदै आएको सेवा नै रोकिदिने चेतावनी दिएका थिए ।
पछिल्लो समय प्रत्यक्षरुपमा विज्ञापनदाताहरुको सहयोगमा चलिरहेका सञ्चारमाध्यमहरु आम्दानी घटेसँगै समस्यामा देखिएका छन् । यस्तोमा अस्ट्रेलियाले सञ्चारमाध्यमहरुको संरक्षणको लागि नयाँ योजना ल्याएको हो । फेसबुकले अस्ट्रेलियाको यो योजना आफूहरुले नियालिरहेको र सञ्चारमाध्यमहरुको संरक्षणको पक्षमा आफूहरु सकारात्मक रहेको बताएको छ । गुगलले भने अस्ट्रेलियाको योजनाको पूरा विवरण हेर्न बाँकी रहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार