सनराइज बैंकको ५४ औं शाखारहित बैंकिङ सेवा राजकोट, बझाङमा
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शनिबार ०:१३:५१
२६ मंसिर, बझाङ । सनराइज बैंक लिमिटेडले बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विष्णुबहादुर खड्कालार्ई नियुक्त गरेको छ ।
बिहिवार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पांण्डु माध्यमिक विद्यालय, पडेश, राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नबराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिन संसद सचिवालयमा पत्र
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार