पल्सर स्पोर्टस अवार्ड पुस अन्तिम साता
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ सोमबार ०:३६:३१
२८ मंसिर, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड पुस २८ गते हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट गरिने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सो अवार्डको भर्चुअल कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराँते हलमा गर्न लागिएको मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए ।
यस पटक १० विधामा अवार्ड प्रदान गरिने छ । वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस र एशियन जर्नालिस्ट अफ द एयर अवार्ड प्रदान गरिने अध्यक्ष सुवेदीले बताए । पिपल्स च्वाइस् अवार्ड, स्पेसल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ ।
पिपल्स च्वाइस अवार्ड एसएमएस भोटिङका आधारमा गरिने आयोजक संस्थाले जनाएको छ । स्पोर्टस् अवार्डको यो १७औँ संस्करण हो । आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
एनएसजेएफका अध्यक्ष सुवेदी र कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि मञ्चलाई चार बजाज पल्सर एनएक्स मोटरसाइकल, विभिन्न उपहार र नगदसहित रु २८ लाख ४० हजार उपलब्ध गराउनेछ ।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले एक÷एक थान पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही रु ५० हजारबाट पुरस्कृत गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । पिपल्स च्वाइस अवार्ड, पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी विधाका लागि मञ्चको छनोट समितिले पाँच÷पाँच खेलाडीको नाम सार्वजनिक गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार