समुद्र किनारमा भेटिएकाे अनौठो चीजले झण्डै गएन आमाछोरीकाे ज्यान
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार २०:३९:१७
२९ मंसिर, काठमाडौं । बेलायतको केन्टमा बस्ने आमाछोरीले समुद्र किनार घुम्ने क्रममा अनौठो बस्तु भेटेपछि घरमा लिएर आए । उनीहरुले यसलाई भान्छामा राखेका थिए । भान्छामा त्यो वस्तु विष्फोट भयो । आमाछोरी भने भाग्यले बचे । खासमा उनीहरुले त्याएको त्यो वस्तु दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको नपड्किएको ग्रेनेड थियो ।
३८ वर्षकी जोडी क्रुज र उनकी छोरी ८ वर्षकी इसाबेलाले समुद्र किनारमा घुम्ने क्रममा यो वस्तु भेटेका थिए । जोडी र इसाबेलालाई सुरुमा यो कुनै प्राचीन जीवको अवशेष हो जस्तो लागेको थियो । उनीहरुले यो कुनै जनावरको हड्डी हुन सक्ने पनि सोचेका थिए तर उनहिरुलाई यो ८० वर्ष पुरानो ग्रेनेड होला भन्ने रत्तिभर पनि अनुमान थिएन ।
जोडीले डेलीमेलसँगको कुराकानीमा आफूले यो वस्तु के हो भन्ने थाहा होस् भनेर यसको फोटो पुरातत्व विभागको वेबसाइट र सामाजिक संजालमा पनि पोस्ट गरेको बताइन् । धेरैको प्रतिक्रिया पनि आएको थियो तर कसैले पनि यो ग्रेनेड हुन सक्ने बताएनन् ।
जोडीका अनुसार त्यो हड्डीजस्तो थियो र धेरै तौल पनि थिएन । कतैबाट पनि त्यो धातुजस्तो देखिएको थिएन । एक महिलाले यो ह्वेलको बान्ता हुन सक्ने बताउँदै हो कि होइन भन्ने तातो पिनले घोचेपछि थाहा हुने बताएपछि जोडीले त्यसलाई तातो पिनले घोचिन् । तर, यसो गर्नासाथ त्यो वस्तु आगोको गोलामा परिणत भयो । उनले भनिन् ‘मेरी छोरी चिच्याउँदै भागिन् । मैले त्यसलाई समातेर दौडिँदै गएर किचनमा फ्याँकिदिएँ जहाँ त्यो विष्फोट भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार