अध्यादेश अधिनायकवादको सिंढी भएकाे काेइरालाकाे ठहर
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार २३:२५:३२
३० मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भावी सभापतिका दाबेदार डा. शेखर काेइरालाले सरकारले भर्खरै ल्याएको संबैधानिक परिषद सम्बन्धि अध्यादेशलाई वर्तमान सरकारको निरिहता र लज्जाजनक कार्यसँग तुलना गर्दै यसलाई अधिनायकवादको सिंढी भएको बताएका छन् ।
आफ्ना दाजु निरञ्जन कोईरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भारतको नयाँ दिल्लीमा रहेका नेता काेइरालाले अध्यादेश जारी हुनासाथ गरिएको ट्विटमार्फत आफ्नाे आधिकारिक धारणा व्यक्त गर्दै उक्त अध्यादेश तुरुन्त खारेज गर्न सरकार समक्ष जोडदार रुपमा मागसमेत राखेका छन् ।
संबैधानिक परिषदको बैठकमा संसदका सभामुख अनुपस्थित भई सरकार अप्ठ्यारोमा परेपछि मन्त्रीपरिषदको बैठकको निर्णय भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उक्त अध्यादेश पेश गरेका थिए ।
सरकारको सिफारिसलाई शिरोपर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै संबैधानिक परिषद् सम्बन्धि अध्यादेशलाई जारी गरेकी थिईन् ।विश्वस्त सुत्रका अनुसार सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको भनिएता पनि मन्त्रिपरिषद बैठकमा उक्त अध्यादेश बारे छलफल नै भएको थिएन ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर काेइरालाले आफ्नाे ट्विटमा लेखेका छन् – संबिधानको मर्म र भावना विपरित ल्याईएको संबैधानिक परिषद सम्बन्धि अध्यादेश तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार