धौबादी डाँडामा पर्यटकको घुँईचो, शान्ति पार्कका रुपमा विकास गर्ने तयारी
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २०:५८:५२
मिना कडेल, नवलपुर ।
२ पुष, काठमाडौं । आन्तरिक र बाहय पर्यटक भित्रयाउने उद्देश्यका साथ पूर्बी नवलपरासीको देबचुली धौबादी डाँडालाई शान्ति पार्कका रुपमा विकास गर्न शुरु गरिएको छ । पदमार्गको निर्माण शुरु गरिएसंगै आन्तरिक पर्यटकको अहिले घुँईचो लाग्न थालेको छ ।
देबचुली डाडाँ समुद्र सतहबाट १९३६ मीटर उचाईमा रहेको छ भने यहाँ भ्यू टावर स्थापना भैसकेको छ । पदमार्ग निर्माणको काम भैरहेको र देबचुली नगरपालिकाले सो पदमार्गमा सिढीँ निर्माण गरिदिने भएको छ ।
आन्तरिक पर्यटनका लागि यो क्षेत्र जिल्लाकै मनमोहक पर्यटकीय स्थल बन्ने देबचुली नगरपालिकाका नगरपमुख पूर्णकुमार श्रेष्ठले बताए । अहिले यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आर्कर्षित गर्न शान्ति पार्क निर्माण गरिएको छ भने पर्यटकीय स्थलका रmपमा प्रशिद्धता कमाएको देबचुली महाभारत पर्बत ऐतिहासिक रmपमा ख्याती प्राप्त स्थलका रmपमा रहेको देबचुली नगरपालिकाका बसन्त पोखरेलले बताए ।
अहिले दिनहुँ सात सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकहरु देबचुली डाडाँ चढने गरेका छन् भने दिनप्रतिदिन यो संख्या बढदै गैरहेको देबचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताए । देबचुली डाडाँको बिकासमा देबचुली नगरपालिकाले ठुलो लगानी गर्दै आएको र यहाँ आन्तरिक र बाह्य पर्यटक भित्रयाउन नगरपालिकाले योजना नै बनाएर अघि बढेको नगरप्रमुख श्रेष्ठले बताए ।
देबचुलीको विकासका लागि र पर्यटकीय बिकासमा टेबा पुरयाउने उद्देश्यले पर्यटन तथा नागरिक उडेययन मन्त्रालयबाट धौबादी डाँडामा शान्ति पार्क निर्माणका लागि दश लाख रmपैयाँ प्राप्त भएको सो ठाउँमा पार्क निर्माण भए पछि आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको देबचुली पर्यटन बिकास समितिका अध्यक्ष पदमराज गिरीले बताए ।
अध्यक्ष गिरीले धौबादी डाँडामा शान्ति पार्क निर्माण पूरा भए पछि यस क्षेत्रको बिकासमा ठुलो टेबा पुगेको र यसबाट आन्तरिक र बाहय पर्यटक को आगमनमा समेत बृद्धि हुदैं गएको बताए । जिल्लाकै सबैभन्दा अग्लो देवचुली डाँडामा भ्यूटावर निर्माण भैसकेको, सिँढींको निर्माण भैरहेको, यो क्षेत्रको पर्यटनको लागि नगरपालिकाले ठोस योजना बनाएर अघि बढेको, शान्ति पार्क निर्माण भए पछि पर्यटकको संख्या दिनप्रतिदिन बढिरहेको नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान
असार ९, २०८१ आइतबार
पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
असार ९, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार