ट्याक्टरले किचेर लुकाएको बालकको शव फेला !
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार २२:२६:५९
धीरुभाइ
३ पुष सप्तरी । सप्तरीमा ट्याक्टरले किचेर लुकाएको बालकको शव फेला परेको छ । बिहीबारदेखि बेपत्ता एक बालकलाई ट्याक्टरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार बिहान आँपको हाँगाले छोपेर लुकाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव यसरी फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । बिहीबार बेलुका घरबाहिर पूर्वपट्टि आँपको बगैचामा खेल्ने क्रममा बालक आनन्द हराइएको खबर राती प्राप्त भएपछि प्रहरीले खोज्दै जाँदा सो ठाउँदेखि करिब २५ मिटर पर आँपको हाँगाले छोपेको अवस्थामा शुक्रबार बिहान ९ बजेको समयमा बालक मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता प्रनाउ साहले बताए ।
मृतकको शव र घटनाको प्रकृति हेर्दा स १ त ७७५२ नम्बरको सोनाली कम्पनीको ट्याकटरले किच्दा मृत्यु भएको प्रहरीले बताइएको छ । बालक मरेपछि घट्नालाई लुकाउने उद्देश्यले आँपको हाँगाले मृतकलाई छोपी दिएको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले जानकारी दिए ।
बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार भएका छन् । ट्याक्टर र चालकको पहिचान भइसकेको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकलाई खोजी भइरहेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार