सुन्दरी समिक्षाको पवित्र माया आलिसाले खोसिन्, ह्याण्डसम आकाश प्रेममा असफल
नेपालबहस संवाददाता
पुस ३, २०७७ शनिबार ४:२५:०
३ पुष, काठमाडौं । ‘मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्द शृजना बरिष्ठ गीतकार हिराकाजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको छ । जसमा चाँद सिंगको एरेन्ज रहेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा ३ दिन लगाएर छायांकन गरिएको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय देख्न सकिन्छ ।
मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई जस्ताको त्यस्तै भिडियोमा देखाइएको दृश्यले सबैको मन छुने निर्देशक हिराकाजी थापाको दाबी छ । सुन्दरी मोडल समिक्षा र आलिसाको पनि सशक्त अभिनय रहेको भिडियो रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक थापाले बताए ।
पछिल्लो समय समाजमा बढ्दो डिभोर्स परम्परा र प्रेममा धोका पाएकाहरुको कथामा नायक आकाश श्रेष्ठले जिवन्त अभिनय गरेका छन् । जुन भूमिकालाई उनले आफुले अभिनय गरेका भिडियोहरुमध्येकै भिन्न र महत्वपूर्ण भएको बताएका छन् । सहनिर्देशक तथा कोरियोग्राफर गौरव गिरी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार