पहिलो पटक गाउँपालिकामा चिकित्सक, स्थानीयवासी खुसी
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १३:५१:३३
५ पुस, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए।
“कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उनले भने, “कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।” नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।
कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् । कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् । मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रु १० लाखका दरले बजेट पठाएको थियो ।
आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । मन्त्रालयले रु चार लाख ५० हजार तलब, रु ५० हजार औषधि र रु पाँच लाखको शय्यासहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो । यसैबीच अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोवामा अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गरेको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गामा अस्पताल बनाउन जिल्लास्तरीय जग्गा मूल्याङ्कन समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।
दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी २ आना र टीकाबहादुर पुर्जाले साढे २ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
यसैगरी औलामा प्राथमिक स्वास्थ्य केन्द्र सरहको भवन निर्माणका लागि हाल हिस्तान स्वास्थ्य चौकीको भवन परिसरमा स्थानीयवासीले उपलब्ध गराएको जग्गा छनोट गरिएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष कुमबहादुर पुर्जाले पाँच जनाले पाँच रोपनी जग्गा उपलब्ध गराएको जानकारी दिए । “हर्कबहादुर गर्बुजाले दुई रोपनी १२ आना, हर्कराज पुर्जाले १४ आना, सिरप्रसाद पुर्जा पुनले १५ आना, शेरबहादुर पुर्जा र प्रेमशोभा पुर्जाले एक रोपनी जग्गा उपलब्ध गराएका हुन् । हाल पाँच रोपनी क्षेत्रफल रहेको स्वास्थ्य चौकीको भवन परिसरमा रहेको थप पाँच रोपनी जग्गा प्राप्त भएको पुर्जाले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइ ‘भवन’ बागलुङका प्रमुख उमेश चौधरीले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार स्तरोन्नति हुने स्वास्थ्य चौकीको भवन विस्तार गर्न लागिएको बताए । जग्गा प्राप्ति प्रक्रिया पूरा भएपछि डिजाइन तयार पारेर ठेक्कामार्फत भवन बनाउने उनले बताए ।
विसं २०७२ को भूकम्पले स्वास्थ्य चौकीको पुरानो भवन जीर्ण बनाएको थियो । गत वर्ष शहरी आवास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले ठेक्कामार्फत रु एक करोड ३१ लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको थियो । दुई तले भवनको भुइँतला स्वास्थ्य चौकीको सेवा प्रवाह र प्रशासनिक कक्ष तथा माथिल्लो तलामा दुई परिवारका लागि आवास कोठा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार
भक्तपुर पुगेर प्रधानमन्त्री र संस्कृतिमन्त्रीले भने, नेपाल भाषालाई पाठ्यक्रममा समावेश गराइन्छ
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार