नागार्जुन नगरपालिमा किरियापुत्री भवन निर्माण
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार १५:१९:३८
७ पुष, काठमाडौ । नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर दक्ष्य कुण्डमा किरियापुत्री आवासीय भवन निर्माण गरिएको छ । नगरपालिकाको रु ५० लाख लागतमा छ कोठे किरियापुत्री आवासीय भवन निर्माण गरिएको वडाध्यक्ष महेश रिमालले बताए ।यहाँका किरियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो । यस क्षेत्रमा किरियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडा बस्नेलाई काजकिरिया गर्न समस्या परेको थियो ।
यस्तै नागार्जुन नगरपालिका–५ स्थित आदेश्वरमा धार्मिक तथा ऐतिहासिक महत्व बाकेको आदेश्वर उद्यानको निर्माण भइरहेको छ । नगरपालिकाको रु ५० लाखको लागतमा उक्त उद्यानको निर्माण शुरु गरिएको वडाध्यक्ष रिमालले जानकारी दिए । उहाँका अनुसार सो उद्यानभित्र स्थानीय ऐतिहासिक तथा धार्मिक महत्व झल्किने वस्तु राखिनेछ ।
करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्यान निर्माण भएपछि वृद्धवृद्धा, बालबालिका र मुख्यगरी धार्मिक आस्था भएका बढी मात्रामा लाभान्वित हुने बताइएको छ । उद्यानमा हरियाली वातावरणसँगै वनभोजस्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर÷स्मारक, बालबालिकाका लागि चिप्लेटी निर्माण गरिनेछ । आदेश्वर मन्दिरको नामबाट उक्त उद्यानको नाम आदेश्वर उद्यान राखिएको हो ।
स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको आधा शरीर पतन भएको र महादेव उत्पन्न भएको विश्वासमा उक्त स्थानमा आदेश्वर महादेवको मन्दिर स्थापना गरी पूजा गर्न थालिएको हो । पुरानो तथा पुरातात्विक महत्व बोकेको उक्त मन्दिरमा हरेक सोमबार भक्तजनको भीड लाग्ने गर्छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार