डा. कल्याण शर्मालाई ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार १६:०:२७
७ पुष , काठमाडौं । अर्थशास्त्री डा. कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गरेका छन् । सो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । सोमबार साँझ बेइजिङमा एक समारोहमा विश्वभरबाट छनोटमा परेका १० जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । कोभिड–१९ का कारण डा शर्मा उपस्थित हुन नसकेपछि अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गरेका छन् ।
डा शर्माले लामो समयदेखि नेपाल–चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आएका छन् । उक्त अवार्ड प्राप्त गरेपछि डा शर्माले आफू थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत बिस्तारमा योगदान दिने बताए ।
चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, सांस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालको सांस्कृतिक, पर्यटकीय र नेपाल–चीन सहकार्य झल्किने भिडियो पनि प्रर्दशन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार