बलात्कार र ठगीका अभियुक्तलाई १० वर्ष कैद
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार २३:४९:५६
७ पुष ,सप्तरी । तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा सप्तरीका एक जनालाई आज १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई १० वर्ष कैद सजायको फैसला भएकोे सप्तरी जिल्ला अदालतले जनाएको छ ।
अभियुक्तलाई जबर्जस्ती करणीमा सात वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। यसैगरी ठगीमा तीन वर्ष कैद र रु ३० हजार जरिवाना तिराउने फैसला भएको छ । पीडितले दाबी गरेकोमध्ये ठहर भएको रु एक लाख ९५ हजार बिगो भराई पाउनेसमेत फैसला भएको बुढाथोकीले जानकारी दिए ।
अभियुक्तले विसं २०७५ असोज १९ गते बलात्कार गरेको भन्दै पीडितले २०७५ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । ठगी तथा बलात्कारको आरोपमा आरोपितलाई पक्राउ गरी ठगी तथा बलात्कारको छुट्टाछुट्टै उजुरीमा कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । उतिबेला अभियुक्त राजपा नेपाल सप्तरीका कोषाध्यक्ष थिए ।
अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने प्रलोभन देखाई आरोपितले पटक–पटक ठगी गर्नुका साथै राजविराज नगरपालिका–४ स्थित अशोक लजमा लगेर बलात्कार गरेको पीडितको आरोप छ । पीडितका अनुसार थुनामा रहेका श्रीमान्लाई छुटाइदिने भन्दै अभियुक्तले २०७५ वैशाख ७ गते रु साढे एक लाख, असार २९ गते रु चार लाख, साउन १४ गते रु तीन लाख, भदौ २२ गते रु २० हजार र भदौ २९ गते रु एक लाख ७५ हजार गरी रु १० लाख ४५ हजार ठगी गरेका छन् । जिल्ला अदालतको आदेशमा २०७५ पुस १२ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार