ओलीको असंवैधानिक कदमले मुलुक संकटपुर्ण चरणमा : नेता पाण्डे
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार १९:१६:१५
८ पुष, काठमाडौं । बिघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका युवानेता माननीय मोहनप्रसाद पाण्डेले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले मुलुक संकटपुर्ण चरणमा प्रवश गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक विचार व्यक्त गर्दै नेता पाण्डेले प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र अविवेकपुर्ण निर्णयपछि मुलुकको राजनीतिक र संवैधानिक अवस्था गम्भीर संकटपुर्ण चरणमा प्रवेश गरेकाले यो परिस्थितिमा नेपाली कांग्रेसका सामु थप चुनौती र जिम्मेवारी थपिएकाे बताएका हुन् ।
उनले अगाडि भनेका छन्, संविधानसभाले निर्माण गरेको संविधानको पुर्ण रक्षा गर्दै राजनीतिक स्थिरता र सम्पन्नताको जग बसाल्नु पहिलो कर्तव्य हो। संविधान सबैको साझा भएकोले संविधानको रक्षा गर्न चाहने सबैसँग मिलेर यो संविधान माथिको प्रहारलाई पराजित गर्नु पहिलो दायित्व हो, हामीले त्यो गर्न सकेनौं भने प्रतिगमनको यात्राले वैधानिकता प्राप्त गर्नेछ र भोलिका समयमा राजनीतिक अस्थिरता बढ्नेछ र यो देशको सम्पन्नता कल्पनामा सीमित हुनेछ ।
उनले भनेका छन्, हाम्रा केही साथीहरू निर्वाचन मात्र लोकतन्त्र ठानेर आफ्ना धारणा सार्वजनिक गर्नु भएको छ तर लोकतान्त्रिक संविधान कुल्चेर गरिने निर्वाचनले कसरी लोकतन्त्रको रक्षा गर्छ ? प्रधानमन्त्रीको यो कदमले पार्ने दूरगामी राजनीतिक र संवैधानिक प्रभावका बारेमा सोच्न जरुरी छैन ? लोकतान्त्रिक संविधानको धारामा टेकेर गरिने निर्वाचनले मात्र मुलुकलाई स्थिरता दिनेछ। हाम्रो संविधानले निरंकुश प्रधानमन्त्रीको परिकल्पना गरेको छैन। हामीले प्रतिनिधिसभाको विघटनलाई राजनीतिक र संवैधानिक रुपले अनुमोदन गर्यौ भने त्यो नजिर हामी सवैका लागि र सधैंका लागि घातक हुनेछ ।
भोलिका निर्वाचनमार्फत स्थापित हुने प्रतिनिधिसभामा लोकतान्त्रिक अभ्यासका लागि ठेस पुग्नेछ । प्रतिनिधिसभाबाट निर्वचित प्रधानमन्त्रीले आफू हट्नु परे प्रतिनिधिसभा नै विघटन गरिदिने छन् , आजको नजिर भोलिका लागि कति घातक होला ? कल्पना गरौ ? उनकाे प्रश्न छ ।
उनी भन्छन, हाे, हाम्रो लागि निर्वाचन जित्ने अवसर छ तर नेपाली कांग्रेस जस्तो ऐतिहासिक भुमिका निर्वाह गरेको पार्टीको प्रमुख काम संविधानको रक्षाका साथ लोकतन्त्र मजबुत पार्दै हुने निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गरि कुशलतापुर्बक राज्य संचालन गर्ने हो । तर निर्वाचन जित्नका लागि मात्र गैरसंवैधानिक बाटो अवलम्बन गर्दा हाम्रो अभिभावकिय भुमिका पूरा होला ?
तसर्थ प्रधानमन्त्री र राष्ट्रपतिको गैर-संवैधानिक कदमलाई पराजित गर्न सबैको साथमा समाधान निकाल्नुमा नै हाम्रो पार्टी ,लोकतन्त्र र मुलुकको सम्पूर्ण रुपले हित हुने भएकोले सबैलाई हातेमालो गर्न नेता पाण्डेले अनुराेध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार