रिचार्जरको क्रिसमस अफरः ७ हजार ८ सय रुपैंयाको मासिक किस्तामा आईफोन १२
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार २०:३०:५१
८ पुष, काठमाडौं । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको जानकारी दिएकाे हाे ।
यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य चाहिने रिचार्जरले जनाएकाे छ । माछापुछ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड ग्राहकले तत्काल आईफोन खरिद गर्न सकिने छ । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्याजदरमा आईफोन खरिद गर्न सकिने रिचार्जरले बताएकाे छ ।
गूगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागी हुन सकिने छ । रिचार्जरले अफरको समयमा १२ रुपैंयामा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।
त्यसै गरि रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ ।
यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार