बैतडीमा जिप दुर्घटना हुँदा चालककाे मृत्यु
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १५:१२:२८
९ पुष, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो ।
बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ३ जना घाइते भएका र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । प्रहरीका अनुसार बैतडी पुर्चौडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको छ ।
दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए । दुर्घटनाको कारण खुलेको छैन । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार