चेपाङ बालबालिकालाई न्यानो कपडा
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:८:४७
९ पुष, दमौली । इनरह्वील क्लब अफ दमौलीले व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय माध्यमिक विद्यालयका चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।
आर्थिक अवस्था विपन्न भएका छात्रछात्रालाई चिसो मौसममा विद्यालय आउन सहज पुगोस् भन्ने उद्देश्यका साथ स्वीटर वितरण गरिएको क्लबकी पूर्वअध्यक्ष निर्मला मल्लले जानकारी दिए । न्यानो कपडा वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले चेपाङ बालबालिकाको उत्थानका लागि सबैले सहयोग गर्नुपर्ने बताए । सोही क्रममा श्रेष्ठले व्यक्तिगततर्फबाट विद्यार्थीलाई ३० थान टोपी सहयोग गरे ।
सोही विद्यालयमा अध्ययनरत बालबालिकाका लागि रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष रजिनलाल श्रेष्ठले स्टेशनरी सामग्री सहयोग गरे । क्लबकी अध्यक्ष आशा क्षेत्रीले क्लबको वार्षिक कार्यक्रमअन्तर्गत बालबालिकालाई सहयोग गरेको जानकारी दिए । ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ स्थापित संस्थाले बालबालिकाको शैक्षिक विकासमा हरेक वर्ष सहयोग गर्दै आएको उनले जानकारी दिए ।
न्यानो पोशाकको अभावमा कठ्याङ्गिँ्रदै विद्यालय आउन बाध्य भएका बालबालिकालाई क्लबले गरेको सहयोगले राहत मिलेको विद्यालयका प्रधानाध्यापक रोशनी थापाले बताए । “न्यानो कपडा नहुँदा विद्यार्थी चिसो मौसममा कहिलेकाहीँ विद्यालय नआउने समस्या छ”, उनले भने, “न्यानो कपडा सहयोगले उनीहरुको पठनपाठन नियमित गराउन सहयोग पुग्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार