सडक मानवमुक्त जिल्ला घोषित भएकै दिन ७४ जनाको उद्धार
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:२५:३
९ पुषा, कनकाई । सडकमा आश्रित बेसहारा, अभिभावकविहीन मानवको उद्धार गर्दै झापा सडक मानवमुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको संयोजन एवं जिल्लाका १५ वटै स्थानीय तह साथै मानवसेवा आश्रम विराटनगरको सहयोगमा झापाको सुरुङ्गामा भएको घोषणा कार्यक्रममा जिल्लाका ७४ सडक मानवको आजै उद्धार गरिएको छ ।
सडक मानवलाई कार्यक्रमस्थल सुरुङ्गास्थित खानेपानीको कार्यालय परिसरमा नुहाइदिने, कपाल कटाउनाका साथै नयाँ लुगा लगाइदिएर सामूहिक भोजनसमेत गराइएको थियो । उनीहरुको स्वास्थ्य परीक्षणसमेत गर्दै आवश्यकतानुसार प्राथमिक औषधोपचारको व्यवस्था गरिएको थियो । उद्धार गरिएका सडक मानव सबैलाई विराटनगरस्थित मानवसेवा आश्रममा व्यवस्थापन गरिने आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
सडक मानवको पालनपोषण एवम् औषधोपचार खर्च स्थानीय तहबाट नै हुने जानकारी दिँदै आश्रमका संस्थापक अध्यक्ष अधिकारीले विराटनगरमा दुई ठूला कोठा भाडामा लिएर आश्रम सञ्चालन गरिँदै आएको बताए ।
शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य घरबारविहीन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सडकआश्रित मानवरहित राष्ट्र निर्माण गर्ने सरकारको अभियान सफल पार्ने उद्येश्यले कार्यक्रम सञ्चालन गरिएको प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोषअनुसार तीनै तहका सरकारको कार्यक्रमका रुपमा सडक मानवको उद्धार गर्ने कार्यलाई अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै राज्यमन्त्री गजमेरले मानव सेवामा सधैंँ सकारात्मक बन्न सवैलाई अनुरोध गरे ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न सडक मानवमुक्त जिल्ला घोषणा कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, सामाजिक मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, मेची नगरपालिकाका कार्यवाहक नगर प्रमुख मीना उप्रेती, दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलगायतले घोषणा कार्यक्रममा स्थानीय सरकारका तर्फबाट ऐक्यबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार