बोनस र लाभांश पश्चात ४ बैंकको शेयर मुल्य समायोजन
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २१:५:३७
१० पुष, काठमाडौं । आर्थिक वर्ष २०७६/७७काे मुनाफा प्रस्ताव पश्चात आज प्रभु बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । हिजो स्ट्याण्डर्ड चाटर्ड बैंकको शेयर मुल्य समायोजन भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले १० प्रतिशत बोनस शेयर समायोजन पछि प्रभु बैंकको शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि बैंकको मूल्य ३४१ रुपैयाँ निर्धारण भएको छ ।
आइतबार बजार खुलेसँगै प्रभु बैंकको ३४१ बाट कारोबार खुल्ने छ । हिजो बैंकको अन्तिम कारोबार मूल्य ३७५ रुपैयाँ कायम भएको थियो ।यहि मुल्यलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो ।
प्रभु बैंकले पुष २६ गते बस्ने साधारण सभाको लागि आज बुक क्लोज गरेको छ । जसअनुसार बिहीबार पुष ९ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश पाउनेछन् ।
त्यसैगरी आज नै एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । नेप्सेले समायोजनपछि ६८१ रुपैयाँ निर्धारण गरेको छ । आइतबार दोस्रो बजारमा एभरेष्ट बैंकको ६८१ रुपैयाँबाट कारोबार खुल्ने छ । मुल्य समायोजन पहिला एभरेष्टको अन्तिम कारोबार मूल्य ७१५ रुपैयाँ रहेको थियो ।
बैंकको पुष २७ गते बस्ने साधारण सभाको लागि आज बुक क्लोज गरेको छ । जसअनुसार पुष ९ गतेसम्म कायम शेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश पाउनेछन् ।
नेपाल बंगलादेश बैंकको शेयर मूल्य पनि नेप्सेले आज समायोजन गरेको छ । ६ प्रतिशत बोनस शेयर समायोजन पछि बैंकको दोस्रो बजारमा शेयर मुल्य २५० रुपैयाँमा कारोबार हुने छ । पुष १२ गते आइतबार सोही मुल्यलाई आधार मानेर बैंकको शेयर कारोबार सुरु हुने छ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २६५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले पुस २६ गते वार्षिक साधारण सभा गर्ने जनाएको छ । सभा प्रयोजनका लागि बैंकले आज एकदिन बुक क्लोज गर्ने भएको छ । पुष ९ गतेसम्म कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । सभामा बैंकले ६ प्रतिशत बोनस सेयर र कर सहित २.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पेश गर्नेछ ।
हिजो पुष ९ गते स्टाण्डर्ड चार्टर्ड बैंकको शेयर मुल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।समायोजनपछि बिहीबार यसको सेयर कारोबार ६१२ रुपैयाँलाई आधार मानेर खुलेको थियो । पुष २४ गते सभा बोलाएको बैंकले हिजो बिहीबार बुक क्लोज गरेको थियो ।
स्टाण्डर्डको प्रस्तावित ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद लाभांश पुष ८ सम्म कायम शेयर धनीले पाउने छ । स्टाण्डर्ड बैंकले साधारण सभा एभरेष्ट होटलमा बोलाए पनि शेयरधनीलाई भने भर्चुअल रुपमा उपस्थितिका लागि मिटिङ आइडी र पासवर्ड दिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार