सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
नेपालबहस संवाददाता
पुस १०, २०७७ शनिबार १:४१:४३
१० पुष ,काठमाडौं । न्याय क्षेत्रका सबै सरोकारवालाको आपसी समन्वयलाई प्रभावकारी बनाएर अपराध अनुसन्धान, अभियोजन र न्याय सम्पादन कार्यमा सुधारलगायत २३ बुँदे घोषणापत्र जारी गर्दै सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ सम्पन्न भएको छ ।
घोषणापत्रमा अपराध अनुसन्धानमा सुधार भएमा मात्र अभियोजनमा सुधार गर्न सम्भव हुने यथार्थलाई आत्मसात गरी अनुसन्धानकर्ता र अभियोजनकर्ताको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
घोषणापत्रमा निरन्तर बहस पैरवी र प्रतिरक्षामा संलग्न रहने सरकारी वकिल निजामती कर्मचारी मात्र नभइ व्यावसायिक वकिल पनि भएकाले सरकारी वकिलका रूपमा कार्य गरिएका अनुभवलाई कानून व्यवसाय गरेको अनुभवसमेत गणना हुने व्यवस्था गर्न आग्रह गरिएको छ ।
न्याय सम्पादन प्रक्रियामा सुधारका लागि न्यायालयले अगाडि बढाएको फरक मुद्दाको फरक व्यवस्थापनसमेतका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउने र समयमा मुद्दामामिलाको किनारा गर्ने कार्यमा सरकारी वकिलको सदैव सहयोग उल्लेख गरिएको छ ।
घोषणापत्रमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन विशुद्ध व्यावसायिक कार्य भएकाले सो कार्यमा कुनै पनि प्रकारको हस्तक्षेप वा अनुचित प्रभाव स्वीकार्य नहुने र अभियोजनकर्ताका लागि सर्वस्वीकृत अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय कानून एवम् न्यायिक अभ्यासबाट विकासित भएका सिद्धान्त र मान्यता एवम् वकिलको आचारसंहितालाई अझ प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउनका लागि प्रतिबद्ध रहेको उल्लेख छ ।
सार्वजनिक हित र सार्वजनिक सम्पत्तिसम्बन्धी विवादमा सरकारका तर्फबाट प्रतिनिधित्व गर्दा तथा कानूनी राय उपलब्ध गराउँदा संविधान र कानूनले निर्धारण गरेको परिधिभित्र रही सार्वजनिक हित र सार्वजनिक सम्पत्तिको संरक्षणको पक्षमा प्रस्तुत हुने अठोट घोषणापत्रमा छ । यही पुस ८ देखि १० गतेसम्म भर्चुअल रुपमा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार