तपाईको ईमेल आईडी र पासवर्ड ह्याकरको हातमा त छैन ?
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार ११:१२:३
१२ पुष, काठमाडौं । अहिलेको समयमा कम्प्युटर र ल्यापटप समान्य विषय बनिसकेको छ । करीब सबैसँग कम्प्युटर तथा ल्यापटप देख्न सकिन्छ । तपाई हामीले जानअञ्जानमा कम्प्युटर तथा ल्यापटपमा गर्ने साना साना कमजोरीले निकै ठूलो नोक्सान पुर्याउन सक्छ ।
क्र्याक सफ्टवेयरको प्रयोग
नेपालमा धेरैजसोले विण्डोज कम्प्युटर तथा ल्यापटप प्रयोग गरिरहेका छौँ । हाम्रो एउटा विशेषता भनेकै के छ भने सकेसम्म हरेक चिज निःशुल्क रुपमा प्रयोग गर्न खोज्छौँ । जसका लागि अनेक उपायको खोजी गर्न गर्न समेत पछि पर्दैनौँ । इन्टरनेटमा क्र्याक सफ्टवेयर खोज्ने देखि मोडिफाई भर्सन राख्ने वा ओरिजिनल सफ्टवेयर क्र्याक गर्ने कोशिश समेत गर्छौ ।
यदि तपाईको कम्प्युटरमा एकदमै महत्वपुर्ण तथ्याङ्कहरू छन् वा भनौँ तपाईं आफ्नो कम्प्युटरमा एकदमै महत्वपुर्ण जस्तै बैंकसम्बन्धी र एकदमै गोप्य राख्नुपर्ने कामहरू गर्नुहुन्छ भने कहिल्यै पनि आफ्नो कम्प्युटर तथा ल्यापटपमा कुनै पनि किसिमको क्र्याक सफ्टवेयर इन्स्टल नगर्नुहोस् ।
यदि तपाईले क्र्याक सफ्टवेयर प्रयोग गरिरहनुभएको छ भने कम्प्युटर सिस्टम स्लो भएको पक्कै पनि ख्याल गर्नुभएकै होला । यस्ता सफ्टवेयरबाट तपाईको कम्प्युटर तथा ल्यापटपमा भाइरस प्रवेश गर्न सक्छ र ह्याकरले तपाईंका महत्वपुर्ण डाटा चोर्न सक्छ ।
त्यसैले आफ्नो कम्प्युटरमा महत्वपुर्ण डाटा स्टोर गर्नुभएको छ र गोप्य राख्नुपर्ने कामहरु गरिरहनुभएको छ भने क्र्याक सफ्टवेयरबाट टाढै रहनु हुनेउत्तम हुन्छ ।
भाइरस लिंक
कम्प्युटर तथा इन्टरनेटको विषयमा त्यति धेरै जानकारी नहुने प्रयोगकर्ताले गर्ने कमजोरी हो यो । तपाईं इन्टरनेटबाट कतिपय बेला गीतहरू तथा भिडियो डाउनलोड गरिरहनुभएको हुन्छ र कहिले कुनै सफ्टवेयर डाउनलोड गर्नुहुन्छ ।
यस्तोमा तपाई भुलबश यस्ता लिङ्कहरू क्लिक गर्न पुग्नुहुन्छ जहाँ ‘तपाईंको कम्प्युटरलाई भारी मात्रामा नोक्सान गरिसकेको छ’, ‘तपाईंको कम्प्युटरमा भाइरस छ’ भन्ने जस्ता नोटिफिकेशन देख्नुहुन्छ । ख्याल गर्नुभएको छ भने यस्तो नोटिफिकेशन कहिलेकाहिँ तपाईको स्मार्टफोनमा पनि आएको देख्नुभएको हुनसक्छ ।
त्यस्ता नोटिफिकेशनसँगै त्यसलाई हटाउन भन्दै केही प्रकृया पनि सुझाइएको हुन्छ । यस्ता स्टेपहरू तपाई गल्ति गरेर पनि फलो नगर्नुस् । सुरुवातमा कम्प्युटर सिकिरहेका वा कम्प्युटरको विषयमा त्यति ज्ञान नभएका प्रयोगकर्ताहरू यस्तोबेलामा झुक्किरहेका हुन्छन् र गल्ति गर्न पुग्छन्। जसले गर्दा कम्युटरमा भाइरस आउन सक्छ । यस्ता नोटिफिकेशन आउँदा नआत्तिकन ट्याब बन्द गरिदिन सक्नुहुन्छ ।
सी ड्राइभको स्पेस
सुरुमा तपाईलाई थाहा नहुन सक्छ । जब तपाईं कम्प्युटरमा डेटा स्टोर गर्दै जानुहुन्छ तब मात्र तपाईलाई आफूले गरेको गल्ति महशुस हुन थाल्छ । कतिपय व्यक्तिहरू यस्ता हुन्छन्, हार्ड डिस्क त पार्टिशन गर्छन् । तर सी ड्राइभलाई पर्याप्त स्पेस भने दिँदैनन् ।
जसले विस्तारै सी ड्राइभ फूल हुने समस्या देखिन थाल्छ । त्यसैले कम्तिमा एक सय देखि एक सय ५० जीबीसम्मको स्पेस सी ड्राइभका लागि छुट्याउनु बुद्धिमत्तापुर्ण हुन्छ ।
थर्डपाटी वेबसाइटबाट सफ्टवेयर डाउनलोड
कुनै सफ्टवेर, फाइल वा जिप फाइल इन्टरनेटबाट डाउनलोड गर्दै हुनुहुन्छ भने सकेसम्म अफिसियल वेबसाइट वा भरपर्दो वेबसाइटबाटै डाउनलोड गर्नुहोस् । थर्डपार्टी वेबसाइटबाट डाउनलोड गर्दा कम्प्युटर सिस्टममा भाइरस प्रवेश गर्ने सम्भावना उच्च हुन्छ ।
वेबक्यामको प्रयोग
कम्प्युटर तथा ल्यापटपको वेबक्याम अर्थात क्यामेरालाई आफ्नो विस्तारातर्फ फर्काएर नराख्नुस् । धेरैजसोको कम्प्युटर तथा ल्यापटप टेबलमा अन राखिएको हुन्छ र त्यसको वेबक्याम ओच्छ्यान तर्फ फर्किएको हुन्छ ।
विवाहित व्यक्तिहरूले यस्तो गल्ती कहिल्यै पनि नगर्नुस् । किनभने कतिपय समयमा ह्याकरले तपाईंको कम्प्युटर तथा ल्यापटपको वेबक्याममा पहुँच बनाइरहेका हुनसक्छन् र सबै गतिविधि नियालिरहेको वा रेकर्ड भइरहेको हुनसक्छ ।
त्यस्तो अवस्थामा भिडियो इन्टरनेटमा लिक गरिदिने वा ब्ल्याकमेलमा पर्ने सम्भावना रहन्छ । सामान्यतया प्रयोगमा आइरहेको छैन भने वेबक्याममा टेप लगाएर राख्न सक्नुहुन्छ । ल्यापटप बन्द गरेर राख्ने वा वेबक्यामलाई विपरित दिशामा घुमाएर राखेर समेत तपाईं यस किसिमको जोखिमबाट बच्न सक्नुहुन्छ ।
डेक्सटपमा महत्वपुर्ण डाटा सेभ
तपाई हामी कतिपयले आफ्ना महत्पुर्ण फाइलहरु डेक्टपमै सो गरेर राखिरहेका हुन्छौँ । अबदेखि यस्तो गल्ति कहिल्यै पनि नगर्नुस् किन कि तपाईको अपरेटिङ सिस्टम जुनसुकै बखत क्रप्ट तथा क्र्याश हुनसक्छ र नयाँ अपरेटिङ सिस्टम राख्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईको डेक्सटपमा भएका सबै डाटाहरु सदाका लागि उड्नपुग्छन् । जसले तपाईंलाई ठूलो नोक्सानी पुग्न सक्छ । त्यसैले महत्वपुर्ण डाटाहरू अरु ड्राइभमा राख्नेगर्नुस् ।
प्रयोगमा नआउने सफ्टवेयर
सुरुमा कम्प्युटर तथा ल्यापटप लिँदा एकदमै फास्ट र स्मुथ रुपमा चलिरहेको हुन्छ । तर एक दुई महिना पछि विस्तारै स्लो हुन थाल्छ । यसो हुनुको कारण तपाईले कतिपय सफ्टवेर डाउनलोड गरिसक्नुभएको हुन्छ तर प्रयोग भने पटक्कै गरिएको हुँदैन । डिलिट पनि भएको हुँदैन ।
सिस्टममा सफ्टवेयर इन्स्टल गर्ने तर प्रयोगमा नआउने भए पनि डिलिट नगर्ने प्रबृत्ति एउटा ठूलो गल्ति हो । तिनैले तपाईंको कम्प्युटर तथा ल्यापटप स्लो गरिरहेका हुन्छन् । त्यसैले बेलाबेलामा कन्ट्रोल प्यानलमा गएर यस्ता प्रयोग नहुने सफ्टवेयर डिलिट गर्ने गर्नुस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार