द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार ५:६:४७
१२ पुष, काठमाडौं । नेपाल टेलिकम र काठमाडौं–तराई–मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानसहित पुस १० गते शुक्रबार एक सहमति भएको टेलिकमले जनाएको छ ।
राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मकरुपमा निकै छोटो ‘७२.५ किमी’ सडकमा विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख भएको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशी फाइबर बिछ्याउन लाग्ने आर्थिक व्ययभार र अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजनलगायत कार्य कम्पनीका तर्फबाट निरन्तर हुने बताउछन । उनका अनुसार अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमीन खन्ने, पाइप बिछ्याउने र त्यसमा केवल राख्ने लगायत कार्य हुनेछ ।
दुई पक्षीय सम्झौतामा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दु्रत मार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलले हस्ताक्षर गरेका थिए ।
आगामी आव २०८०/८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले द्रुत मार्ग निर्माण गरिरहेको छ । ७२.५ किलोमिटर लम्बाइ रहेको उक्त आयोजनामा तीन स्थानमा सुरुङ मार्ग निर्माण, विभिन्न स्थानमा १०.५९ किलोमिटरका पुलहरु निर्माणलगायत काम रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार