मुख्यमन्त्री राईलाई काम नगर्न निर्देशन
नेपालबहस संवाददाता
पुस १४, २०७७ बुधबार १:३५:५५
१४ पुष, विराटनगर । सत्तारुढ नेकपाको प्रदेश १ संसदीय दलका उपनेताले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतमा काम नगर्न निर्देशन दिएका छन् । मंगलबार लिखित पत्र पठाउँदै उपनेता टङ्क आङ्बुहाङले अविश्वासको प्रस्ताव परेकाले मुख्यमन्त्री राईलाई नेकपा संसदीय दलको नेताको हैसियतमा काम नगर्न निर्देशन दिएका हुन् ।
नेकपा विवाद बढेसँगै प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस गरेको थियो । सोमबार नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरणमा प्रस्ताव फिर्ता लिएर २४ घण्टा भित्र स्पष्टीकरण पेस नगर कारवाही गर्ने चेतावनी दिइएको थियो । तर पत्र पठाएको २४ घण्टा नबित्दै मंगलबार बिहान उपनेता टङ्क आङ्बुहाङले दलका नेता राईलाई निर्देशनात्मक पत्र पठाउँदै दलको नेताको रुपमा काम नगर्न भनेका हुन् ।
ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड– माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार