अन्तरिक्षमा फोहोर कम गर्न काठको भू-उपग्रह बनाइने
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार १८:२४:१०
१५ पुष, एजेन्सी । जापानले अन्तरिक्षमा फोहोर कम गर्न काठको भूउपग्रह बनाउने भएको छ । एउटा जापानी कम्पनी र क्योटो विश्वविद्यालयले सन् २०२३ सम्ममा काठबाट निर्माण गरिएको विश्वको पहिलो भूउपग्रह बनाउन सहकार्य गरेका छन् ।
सुमिटोमो फरेस्ट्री कम्पनीले अन्तरिक्षमा काठको प्रयोगका बारेमा अनुसन्धान सुरु गरेको बताएको छ । सहकार्यको सुरुवातमा विभिन्न प्रकारका काठहरू पृथ्वीका कठिन वातावरण भएका स्थानमा परीक्षण गरिने बीबीसीले जनाएको छ ।
अन्तरिक्षमा धेरै भूउपग्रहहरू छोड्ने क्रम बढेसँगै त्यहाँको फोहोर समस्या बन्न थालेको छ । काठबाट निर्मित भूउपग्रह अन्तरिक्षमै बलेर ध्वस्त हुने र त्यसले कुनै हानिकारक तत्त्व नछोड्ने वा पृथ्वीमा नखस्ने बताइएको छ ।
सुमिटोमो फरेस्ट्री ४०० वर्षअघि स्थापित कम्पनी हो । कम्पनीका प्रवक्ताले प्रयोग हुन लागेका काठ हाललाई गोप्य राखिएको बताए ।अन्तरिक्षमा धेरै यान र भूउपग्रहहरू प्रक्षेणण गर्ने क्रम बढी रहँदा पृथ्वीमा अन्तरिक्ष फोहरहरू खस्न सक्ने जोखिम पनि बढ्ने विज्ञहरू बताउँछन् ।
वैज्ञानिकहरू अन्तरिक्षबाट ती फोहोर हटाउने विभिन्न उपायहरूबारे अध्ययन गरिरहेका छन् । पृथ्वीलाई परिक्रमा गर्ने झन्डै ६,००० भूउपग्रहहरू छन् र तीमध्ये ६० प्रतिशत उपयोगविहीन अर्थात् फोहोरका रूपमा रहेका छन्।
युरोकन्सल्ट नामक संस्थाका अनुसार यो दशकमा प्रत्येक वर्ष ९९० भूउपग्रह प्रक्षेपण गरिनेछन् जसको अर्थ सन् २०२८ सम्ममा पृथ्वीलाई परिक्रमा गर्ने १५,००० भूउपग्रह हुनसक्ने छन् ।
इलोन मस्कको स्पेसएक्सले ९०० भन्दा बढी भूउपग्रह छोडेको छ र अझै हजारौँ प्रक्षेपण गर्ने योजनामा रहेको छ । अन्तरिक्षमा भूउपग्रह प्रतिघण्टा ३६,००० किलोमिटरको गतिमा घुम्छन् , जसका कारण ती ठोक्किँदा ठूलो क्षति हुनसक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार