प्रहरीमा एसएसपी र एसपीको बढुवा तयारी, दौडधुप तीव्र
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार १९:१३:२१
२० पुष, काठमाडौं । नेपाल प्रहरीमा सरुवा र बढुवाको रन्को शुरु भएको छ । जिल्ला प्रमुखका रुपमा केही एसपीहरुको एक बर्षे अवधि पुगेकाले यसै साता सरुवा गर्ने तयारीमा प्रहरी मुख्यालय पुगेको छ भने एसएसपी र एसपीको बढुवा तयारी पनि भईरहेको छ । त्यसैले बढुवाका आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रको फेरो लगाउने क्रम पनि तीव्र रुपमा चलेको छ ।
गत पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डीआईजी बढुवा आजबाट पूर्ण भएको छ ।
डीआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गर्ने तयारी प्रहरी मुख्यालयको छ । तर आगामी पुष २९ गते दुईजना एसएसपीले ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएपछि मात्र बढुवा प्रक्रिया शुरु गर्ने जानकारी मुख्यालय स्रोतले दिएको छ । त्यसपछि ११ एसएसपी पद रिक्त हुनेछ ।
प्रहरी मुख्यालयका अनुसार डा. गणेश रेग्मी र राजकुमार बैदवार ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् । उनीहरु ०४७ माघमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
त्यस्तै डीएसपीबाट एसपीमा बढुवा हुनेहरुको पनि ताँती लागेको छ । १५ जना एसपीको पद खाली हुनेछ । जसमा ११ जना पुरानो टोलीका प्रतिस्पर्धीहरु लाइनमा उभिएका छन् ।
प्रतिस्पर्धामा को–को ?
एसएसपी बढुवाका आकांक्षीहरुमा पुरानो ब्याचका १३ जना प्रहरी उपरीक्षकहरु प्रतिस्पर्धामा छन् । ०५१ मा प्रहरीमा सेवा प्रवेश गरेका विकासराज खनाल, चक्रबहादुर सिंह, उमाशंकर पञ्जियार,टीका बहादुर केसी, कृष्णकुमार महत, अर्जुनचन्द ठकुरी,योगबहादुर पाल, कृष्णहरी शर्मा पोखरेल, मधुसुदन लुईटेल, सुरेन्द्र मैनाली, गोविन्द शाह, मोहन पोखरेल र ध्रुवराज राउत एसएसपी लाइनमा छन् ।
०५४ मा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन् । यद्यपि उनीहरुलाई बढुवा नगर्ने आईजीपी शैलेश थापा क्षेत्रीले अडान लिएका छन् । बिगतमा पनि थापाले वरिष्ठता मिचेर बढुवा नदिने अडान लिँदै आएपनि पूर्णसफल हुन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार