प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २०:४८:१४
२० पुष, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न भएको छ । वि.सं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलीमा नै पुनःनिर्माण सम्पन्न भएको हो ।
विसं २०७५ मङ्सिरदेखि निर्माण शुरु गरिएको गुम्बा प्राचीन शैलीमा चुना सुर्किको प्रयोग गरी बुट्टेदार काठको प्रयोग गरी पुरानै शैलीमा निर्माण गरिएको छ । बौद्ध धर्मलम्बीको आस्थाका रुपमा पुजिने र पर्यटकीय रुपमा समेत आकर्षण रहेको ऐतिहासिक घरिघ्याङ गुम्बा भूकम्पले ढलेपश्चात पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण गरिएको हो ।
पुरातत्व विभागको करिब रु दुई करोड ७८ लाख रकममा सीएम तुलसी कष्ट्रक्सन जेभिले गुम्बाको पुनःनिर्माण गरेको हो । दुई वर्षभित्र गुम्बाको पुनःनिर्माण सम्पन्न गर्ने गरी सीएम तुलसी कष्ट्रक्सन जेभिले गुम्बा निर्माणको काम जिम्मा लिएको थियो । ऐतिहासिक गुम्बा बलियो बनाउनका लागि चुना सुकिको प्रयोग गरी सालको काठमा कलात्मक झ्याल ढोकाको प्रयोग गरी आकर्षक रुपमा निर्माण गरिएको छ ।
गुम्बामा साना तथा ठूला गरी करिब डेढदर्जन भन्दा बढी बुद्धको मूर्ति छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्वपूर्ण सामग्री टहरामा राखिएको थियो । टहरामा राखिएका मूर्ति चोरी हुने र चिसोका कारण बिग्रिने चिन्तामा रहेका स्थानीयवासी समयमा नै गुम्बाको पुनःनिर्माण भएपछि खुशी भएका छन् ।
गुम्बालाई विसं १६५८ मा तत्कालीन राजाले लालमोहर प्रदान गरेको र विसं १८१८ फागुन ९ गते पृथ्वीनारायण शाहले प्राचीन गुम्बाको सूचीमा सूचीकृत गर्न लगाएको इतिहास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार