बाग्लुङमा वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार १:२६:५०
२० पुष, बाग्लुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बाग्लुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन् ।
ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायिक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुगेका ढकाललाई सोही अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् ।
बाग्लुङ जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वस्ती वाचनसहित ढकाललाई सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताए ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान् कार्य शिक्षकहरूको हातमा रहेको धारणा ढकालले राखेका थिए । यसका लागि गुणस्तरीय शिक्षामा जोड दिँदै त्यसलाई अझ प्रभावकारी बनाउने दायित्व विद्यालयको भएको ढकालले बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई बैंकर्स बागलुङले सम्मान गरेको छ । कार्यक्रममा ढकालले पेशागत हिकहितको पक्षमा काम गर्ने बताएका थिए । सम्मान कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माको अध्यक्षता, सचिव ओमप्रकाश पौडेलको सञ्चालन, सदस्य सुदिप राजभण्डारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष (वेटिङ्ग प्रेसिडेन्ट) मा निर्वाचित भएपछि उपाध्यक्ष ढकाल पहिलोपटक गृह जिल्ला बागलुङ पुगेका हुन् । उक्त अवसरमा बागलुङ आसपासमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले सम्मान कार्यक्रमको आयोजना गरी स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिनेगरी लगानी गर्न आइएमई ग्रुपका अध्यक्ष समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकाललाई स्थानीयहरूले अनुरोध गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार