गंगामायालाई न्याय दिन मानव अधिकार आयोगको माग
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार १:४०:४१
२० पुष, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । छोराको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग राखी पछिल्लोपटक यही पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा रहेकी अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा वाग्मती प्रदेश कार्यालयले अनुगमन गरेको आयोगले जनाएको छ । आयोगले अनुगमनको क्रममा निजको स्वास्थ्य अवस्था कमजोर र गम्भीर बन्दै गएको पाइएको जनाएको छ ।
सो घटनाको अनुसन्धान गरी दोषीमाथि फौज्दारी अभियोगमा कारवाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत्र २३ गते नेपाल सरकारलाई सिफारीस गरेको आयोगले स्मरण गराएको छ ।
लामो समयदेखि किनारा नलागेको कृष्णप्रसादको हत्या प्रकरणजस्ता सशस्त्र द्वन्दकालीन मानव अधिकार हनन्का घटनाको सम्बन्धमा यथाशक्य छिटो छिनोफानो गर्न आवश्यक छ भएको र यसबाट मात्रै व्यक्तिको न्याय प्राप्तिको अधिकार समयमै सुनिश्चित हुने विज्ञप्तिमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार