लाइसेन्सकाे अनलाइन फाराम भर्न प्राविधिक समस्या, सेवाग्राही समस्यामा
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार १८:२६:९
२१ पुष, काठमाडौं । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो ।
विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराए । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए ।
उनले भने “बल्ल बल्ल दश महिनामा प्रयोगात्मक परीक्षा खुला भयो । लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या र झन्झटिलो भयो । यसलाई सहज बनाउन जरुरी छ । तत्काल यातायात व्यवस्था विभागले ध्यान दिनुपर्छ ।” यातायात व्यवस्था विभाग अन्तर्गत ठूलो भ¥याङ कार्यालयले हाल दैनिक साना ठूला गरी तीनसय जनाले मात्र अनलाइन फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । अनलाइन फरम सीमित गरिँदा सेवाग्राही समस्यामा परेको विज्ञ प्रधानले बताए। कार्यालयले अनुमतिपत्रका लागि लिखित परीक्षा पास गरी प्रयोगात्मक परीक्षाका लागि बाँकी रहेका ८१५ जनालाई प्रयोगात्मक परीक्षाको व्यवस्था मिलाएको छ ।
यसका लागि सो भेहिकल एकेडेमीले परीक्षा सञ्चालन गरिहेको छ । नेपालको सबैभन्दा ठूलो र सुबिधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए । उनका अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।
सरकारले अबलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागि तीनखम्बे अर्थनीति अनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङग्रे, चारपाङग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङ्का प्रमुख सञ्जय थापाले चालक अनुमति पत्रलिन अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिए । उनले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरको अवलोकन गर्दै कोरोनाका कारण लिखित परीक्षा पास भएका प्रयोगात्मक परीक्षा बाँकी रहेकाको एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार