इतिहासमै पहिलोपटक गुगल कर्मचारी युनियन गठन
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार २०:२५:२४
२१ पुष, एजेन्सी । गुगल तथा यसको मातृ कम्पनी अल्फाबेटमा कार्यरत सयौँ कर्मचारीले कम्पनीको इतिहासमै पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् । प्रविधि उद्योगको यो दुर्लभ कदमलाई कम्पनीको कार्यकारी नेतृत्वमाथि अहिलेसम्मकै ठूलो तथा संगठित चुनौतीको रुपमा लिईएको छ ।
मंगलबार बिहान घोषित ‘अल्फाबेट वर्कर्स युनियन’मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारीरकामदारका साथै कन्ट्रयाक्टरले समेत सदस्यता लिनसक्ने बताइएको छ । कर्मचारी युनियनले जारी गरेको वक्तव्यमा गुगलका सफ्टवेयर इन्जिनियर डाइलन बेकरले यो ऐतिहासिक कदम रहेको बताएका छन् ।
सुरुवाती चरणमा गुगलको कर्मचारी युनियमा आबद्ध २२६ जना सदस्यले अमेरिकाको सबैभन्दा ठूलो श्रमिक युनियन कम्युनिकेसन्स वर्कर्स अफ अमेरिकासँगबाट युनियनको कार्ड प्राप्त गरेका छन् ।
हाल गुगलको कर्मचारी युनियनमा कन्ट्रयाक्टरले समेत सदस्यता ग्रहण गर्नसक्ने भएको हुँदा कानुनतः त्यसलाई सामूहिक सौदावादीको आधिकारिक अधिकार नहुने बताइएको छ ।
आफ्ना कर्मचारीहरुले पहिलोपटक संगठन खोलेको घटनाप्रति गुगलले भने सकारात्मक प्रतिक्रिया दिएको छ । आफु कर्मचारीहरुसँगै सहकार्य गर्न तयार रहेको गुगलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार