बच्चाहरुको जिद्दी सुधार्ने चार उपाय
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार २२:१०:१५
२१ पुष, काठमाडाैं । हरेक अभिभावकहरूले आफ्नो सन्तानको खुशीका लागि कैयौं त्यागहरू गरिरहेकै हुन्छन् । चाहे त्याे ठुलो होस् वा सानो नै किन नहोस् । आफ्नो सन्तानलाई खुशी राख्न उनीहरूका हरेक हठहरुलाई पुरा गर्दछन् । तर अभिभावकको त्यहि त्यागलाई लिएर बच्चाहरू जिद्दी हुने गर्दछन् । उनीहरूको यहि जिद्दीपन पछि गएर स्वभाव बनिदिन्छ र बच्चाहरू अभिभावकको नियन्त्रणमा आउँदैनन् ।
यस्ता छन्, जिद्दीपन हटाउने चार उपाय !
१.बच्चाहरुलाई कराउने / पिट्ने गर्नु हुँदैन् । कैयौं पटक अभिभावकहरू सन्तानको जिद्दीलाई पुरा गर्न नचाहे वा नसके उनीहरूलाई कराउने र पिट्ने गर्दछन् । तर कराउँदा वा पिट्दा उनीहरूको हठ केहीबेर शान्त त होला तर यसमा सुधार भने आउन सक्दैन ।
कराउने/पिट्ने गर्नाले बालबालिकको मानसिकतामा असर पर्दछ । साथै कतिपय अवस्थामा डिप्रेशन समेत हुनसक्छ । जसले गर्दा उनीहरूको मनोबल घट्ने गर्दछ र कुनै पनि काम गर्नु पुर्व उनीहरू डराउने गर्दछन् । तसर्थ बालबालिकाको हठ पुरा गर्न नचाहदाँँ उनीहरूलाई कराउनुको सट्टा सम्झाउने गर्नुहोस् ।
२. बालबच्चाहरुको हरेक हठलाई पुरा गर्ने नगर्नुहोस् । यदि तपाईंको बच्चा कुनै हठ गर्छ भने त्यसलाई तत्काल पुरा नगर्नुहोस् । जस्तै खाना खाए लगत्तै बच्चाले चकलेट वा कुनै सामाग्री मागेमा उसको डिमाण्डलाई बेवास्ता गर्नुहोस् । यसो गर्नाले बच्चाले बिस्तारै बिस्तारै आफ्नो माग भुलेर जान्छ ।
३.कतिपय बच्चाहरू नकराउने वा नपिट्ने अभिभावकको रिस वा सुझावलाई ठट्टामा लिने गर्दछन् । यदि यस्तो भएम वा तपाईंलाई बच्चाले धेरै दुखः दिएमा यसलाई वेवास्ता गर्नुहोस् । तर यदि उसमा सुधार नआएमा चेतावनी दिनुहोस् ।
४. यदि बच्चाले कुनै कुरामा जिद्दी गरिरहेको छ भने त्यसको सट्टामा अर्काे कुनै वस्तुमा भुलाउने प्रयास गर्नुहोस् । मानौं, तपाईंको बच्चाले नयाँ खेलौना मागिरहेको छ भने उसलाई पुरानो खेलौना दिएर भुलाउने गर्नुहोस् । यो नियम हरेक उमेरको बच्चामा लागु हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
सर्वोच्चबाट पत्र पुगेपछि गण्डकीमा कांग्रेसका पाण्डेले मुख्यमन्त्रीको शपथ लिने
जेठ १६, २०८१ बुधबार
कोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले कस्तो गर्ला आदेश
जेठ १६, २०८१ बुधबार
गर्मी अत्यधिक बढ्दै, तराईमा तीन दिनसम्म तातो हावा चल्ने
जेठ १६, २०८१ बुधबार
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
जेठ १६, २०८१ बुधबार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
जेठ १६, २०८१ बुधबार