बजाज डोमिनार २५० सीसी मोटरसाईकल नेपाली बजारमा
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १९:५१:१६
२६ पुष, काठमाडौं । बजाज डोमिनार २५० सीसी नयाँ मोडल नेपाली बजारमा आएको छ । हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकलको आधिकारिक विक्रेताद्वारा सो मोटरसाईकल बजारमा लन्च भएको हो ।
नेपालमा रु. ४,८९,९०० मा लन्च भएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको जनाइएको छ ।
मोटरसाईकलको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २,४८.७७ सीसी एफआइ इञ्जिनको पावर छ, जसले 27PS र 23.5Nm को पिक टर्क्यू जेनेरेट गर्छ । यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र DOHC छ । डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०–१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।
यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल LED हेडल्याम्प र AHO (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइकमा सबैको आकर्षण हुने विक्रेताको दावी छ । स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको जनाइएको छ ।
यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ । यस बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम USD फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ । यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल ब्द्यक् मा पनि उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार